News Portal

तमू समाज कुवेतले १० जनवरीमा तमू च्यु ल्होसार मनाउने

हिमाली संचार संवाददाता
११४८ पटक

कुवेत ६, २०१९ डिसेम्बर : तमू समाज कुवेतले तमू च्यु ल्होसार मनाउने भएको छ। १० जनवरी २०२० शुक्रबारको दिन कुवेतको हिजुल कबड एरियामा विविध खेलकुद र सांस्कृतिक प्रस्तुतिहरुको साथ मनाउने समाजका अध्यक्ष राजु गुरुङ तमूले हिमालीसंचारलाई जानकारी दिए।

“प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ” भन्ने मुल नारा बोकेको कुवेतमा सक्रिय संस्था हो तमू समाज कुवेत।

तमू (च्यु)ल्हाेसार कार्यक्रमलाई थप मनोरञ्जनात्मक रौनकता र माहौललाई रंगीन र संगीतमय बनाउन समाजका ककलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी गरिरहेको समाजको कलाकार उपप्रमुख रुप गुरुङले बताए।

साथै उक्त दिन तमू (गुरुङ)को तमू जेष्ठ नागरिकद्वारा स्याई स्याई गर्ने भेषभुसा सहित, गुरुङ समुदायको लोपोन्मुख झोरा, मारुनी नृत्य, कौरा नृत्य, प्रस्तुति सहित कार्यक्रमलाई थप रोचक गर्न छेलो फाल्ने, डोरि तान्ने, हाडी फोर्ने, म्युजिकल चेयर्स प्रतियोगिता साथै जलपान तथा दिव्यभोजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व तमू च्यु ल्होसार यो पटक पनि भब्यसंग मनाउने उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि संस्थाले अनुरोध गरेको छ।

तपशिल:

मिति : १० जनावरी २०२० शुक्रबार
समय : बिहानको ११ बजे
स्थान : हिजुल कबड एरिया(BLOCK No 2-STREET NO-14 HIJUL KABAD KUWAIT)
कार्यक्रम : तमू(च्यु)ल्होसार
आयोजक : तमू समाज कुवेत।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...