News Portal

विप्लव नेकपाद्वारा झापामा विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम

हिमाली संचार संवाददाता
६७४ पटक

झापा १९, २०७६ मंसिर : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार आज बिहिवार विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला सेक्रेटरी श्रीजंगले झापाली जनसमुदायको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो।

राष्ट्रियताको पक्षमा बोल्दा आफुहरुलाई प्रतिबन्धित गर्दै केपि पिके सरकारले देशको सिमाना भारतले मिच्दा समेत कुनै पहल नगरेको भन्दै उहाँले सरकार दिल्लीको दलाल भएको र यो सरकारले जनता र देशको रक्षा गर्न नसक्ने बताउनुभयो।

भारतिय साम्राज्यवादको दादागिरी बढेकोले बिगत पुर्खादेखी गुमेको भुभाग फिर्ताका लागि आफ्नो पार्टी अन्तिम सम्म लड्ने र आम नेपाली जनताले साथ दिने उहाँले बताउनुभयो।

नेकपाले झापाको दमकस्थित हिमाबि, सुरुङ्गा, सिवसताक्षी,भद्रपुर, बिर्तामोड, बुद्धशान्ति, मेचिनगर लगायतका स्थानमा बृहत् नेपालको नक्सा सहितको ब्यानर राख्दै प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।

प्रचारप्रसारमा उपस्थित झापाली जनताले राष्ट्रियताकाे निमित्त आफुहरुकाे निरन्तर साथ रहेको बताउँदै निरन्तर अगाडि बढ्न सुझाव दिएको सेक्रेटरी श्रीजंगले बताउनुभयो।

झापाका विभिन्न स्थानमा विप्लवका जिल्ला तहका नेताले कार्यक्रमलाई सम्बाेधन गर्दै सिमारक्षा र भारतीय दादागिरीका बिरुद्ध आफुहरु निरन्तर लडिरहने बताएका छन्।

सरकारले आफुहरुले राष्ट्रघाति दलालहरुलाई कारबाही गरेकै कारण प्रतिबन्ध लगाउँदै राष्ट्रघाति दलालहरुलाई सहयोग गरेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...