News Portal

विप्लव नेकपाद्वारा झापामा विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम

हिमाली संचार संवाददाता
६०७ पटक

झापा १९, २०७६ मंसिर : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार आज बिहिवार विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला सेक्रेटरी श्रीजंगले झापाली जनसमुदायको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो।

राष्ट्रियताको पक्षमा बोल्दा आफुहरुलाई प्रतिबन्धित गर्दै केपि पिके सरकारले देशको सिमाना भारतले मिच्दा समेत कुनै पहल नगरेको भन्दै उहाँले सरकार दिल्लीको दलाल भएको र यो सरकारले जनता र देशको रक्षा गर्न नसक्ने बताउनुभयो।

भारतिय साम्राज्यवादको दादागिरी बढेकोले बिगत पुर्खादेखी गुमेको भुभाग फिर्ताका लागि आफ्नो पार्टी अन्तिम सम्म लड्ने र आम नेपाली जनताले साथ दिने उहाँले बताउनुभयो।

नेकपाले झापाको दमकस्थित हिमाबि, सुरुङ्गा, सिवसताक्षी,भद्रपुर, बिर्तामोड, बुद्धशान्ति, मेचिनगर लगायतका स्थानमा बृहत् नेपालको नक्सा सहितको ब्यानर राख्दै प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।

प्रचारप्रसारमा उपस्थित झापाली जनताले राष्ट्रियताकाे निमित्त आफुहरुकाे निरन्तर साथ रहेको बताउँदै निरन्तर अगाडि बढ्न सुझाव दिएको सेक्रेटरी श्रीजंगले बताउनुभयो।

झापाका विभिन्न स्थानमा विप्लवका जिल्ला तहका नेताले कार्यक्रमलाई सम्बाेधन गर्दै सिमारक्षा र भारतीय दादागिरीका बिरुद्ध आफुहरु निरन्तर लडिरहने बताएका छन्।

सरकारले आफुहरुले राष्ट्रघाति दलालहरुलाई कारबाही गरेकै कारण प्रतिबन्ध लगाउँदै राष्ट्रघाति दलालहरुलाई सहयोग गरेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...