News Portal

प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती जुलुस

हिमाली संचार संवाददाता
६५४ पटक

बिराटनगर १८, २०७६ मंसिर : भारतको हैदराबादमा बलात्कारपछि जलाएर हत्या गरिएको डा.प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। ट्राफिक चोकबाट निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो।

सिमाँचल मैत्री संवाद समूह, जनहित बिकास समाज,अम्बे मुरारी सेवा केन्द्र, बृहत मधेसी नागरिक समाज र नेपाल भारत सामाजिक सांस्कृतिक मंचले संयुक्त रुपमा महिला विरुद्धको हिंसा बन्द गरि दोषीलाई हदै सम्मको कडा कार्वाहीको माग गरेको छ।

उक्त कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभा सांसद केदार कार्कीले महिला पुरुष एक अर्काको परिपुरक हो हामी महिलालाई सम्मान गर्नु पर्छ। आधा आकाश ढाकेको महिला प्रतिको यस्तो व्यवहार निन्दनीय हो।

यस्तो घटना घटाउनेलाई कानुनी दायरामा लयाउनै पर्छ पीडितले न्याय पाउनु पर्छ। हामी छोरी चेलीलाई सुरक्षित बनाउन कुनै पनि हालतमा दोषी उम्कन दिनु हुदैन, सजाय पाउनै पर्नै बताउनु भयो।

जनहित बिकास समाजकी अध्यक्ष आशा सरदारले बलात्कारको घटना दिनानुदिन बढदै गइ रहेको छ। यस्तो घटनामा दोषी पत्ता नलागनु लागे पनि दोषी उम्कनु यो गम्भीर बिषय हो जसमा सबैले सोचनै पर्छ। जहाँ हामी छोरी बचाउ छोरी पढाउको अभियान चलाई रहेका छौं त्यहि छोरी असुरक्षित छ।

महिलाहरु जहिले पनि हिंसाको सिकार हुनु परि रहेको छ। यस्तो घटना कुनै पनि हालतमा सहिय हुदैन यसको खुलेर बिरोध गर्नु पर्छ दोषीलाई कडा भन्दा कडा कार्वाही माग गर्नु भयो।

सिमाँचल मैत्री संवाद समुहको अध्यक्ष राजेश कुमार शर्माले हरेक देशमा महिलाको पुजा गरिन्छ। महिलाको सम्मान, स्वाभाविक र रक्षाको लागि हामी जहिले पनि लागि रहदा रहदै पनि यस्तो घटनाले हाम्रो सिर निहुराएको छ। महिला असुरक्षित बन्दै गइ रहेको छ।

हामीले महिलाको सुरक्षाको निम्ति कडा कानुन ल्याउनु पर्छ जस्ले गर्दा अपराधी अपराध गर्न बाट डराइयोस। महिला माथी आँखा गाडनेलाई हदै सम्मको सजाय हुनु पर्ने माग गर्नु भयो।

सिमाँचल मैत्री संवाद समुहको सदस्य युवा भण्डारीले येस्तो घटनालाई ओझेलमा पार्नु हुदैन। अरु निर्दोष छोरी चेली बलात्कारको सिकार बन्नु नपरोस् आज दोषी उम्कियो भने भोलि हामी जोकोहि पनि पीडित बन्न सक्छौ त्यही भएर हामी येस्तो घटनाको घोर भत्सना गर्दै दोषीलाई कार्वाहीको माग गरेको छ।

उक्त कोणसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला र युवाहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...