News Portal

प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती जुलुस

हिमाली संचार संवाददाता
५८२ पटक

बिराटनगर १८, २०७६ मंसिर : भारतको हैदराबादमा बलात्कारपछि जलाएर हत्या गरिएको डा.प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। ट्राफिक चोकबाट निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो।

सिमाँचल मैत्री संवाद समूह, जनहित बिकास समाज,अम्बे मुरारी सेवा केन्द्र, बृहत मधेसी नागरिक समाज र नेपाल भारत सामाजिक सांस्कृतिक मंचले संयुक्त रुपमा महिला विरुद्धको हिंसा बन्द गरि दोषीलाई हदै सम्मको कडा कार्वाहीको माग गरेको छ।

उक्त कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभा सांसद केदार कार्कीले महिला पुरुष एक अर्काको परिपुरक हो हामी महिलालाई सम्मान गर्नु पर्छ। आधा आकाश ढाकेको महिला प्रतिको यस्तो व्यवहार निन्दनीय हो।

यस्तो घटना घटाउनेलाई कानुनी दायरामा लयाउनै पर्छ पीडितले न्याय पाउनु पर्छ। हामी छोरी चेलीलाई सुरक्षित बनाउन कुनै पनि हालतमा दोषी उम्कन दिनु हुदैन, सजाय पाउनै पर्नै बताउनु भयो।

जनहित बिकास समाजकी अध्यक्ष आशा सरदारले बलात्कारको घटना दिनानुदिन बढदै गइ रहेको छ। यस्तो घटनामा दोषी पत्ता नलागनु लागे पनि दोषी उम्कनु यो गम्भीर बिषय हो जसमा सबैले सोचनै पर्छ। जहाँ हामी छोरी बचाउ छोरी पढाउको अभियान चलाई रहेका छौं त्यहि छोरी असुरक्षित छ।

महिलाहरु जहिले पनि हिंसाको सिकार हुनु परि रहेको छ। यस्तो घटना कुनै पनि हालतमा सहिय हुदैन यसको खुलेर बिरोध गर्नु पर्छ दोषीलाई कडा भन्दा कडा कार्वाही माग गर्नु भयो।

सिमाँचल मैत्री संवाद समुहको अध्यक्ष राजेश कुमार शर्माले हरेक देशमा महिलाको पुजा गरिन्छ। महिलाको सम्मान, स्वाभाविक र रक्षाको लागि हामी जहिले पनि लागि रहदा रहदै पनि यस्तो घटनाले हाम्रो सिर निहुराएको छ। महिला असुरक्षित बन्दै गइ रहेको छ।

हामीले महिलाको सुरक्षाको निम्ति कडा कानुन ल्याउनु पर्छ जस्ले गर्दा अपराधी अपराध गर्न बाट डराइयोस। महिला माथी आँखा गाडनेलाई हदै सम्मको सजाय हुनु पर्ने माग गर्नु भयो।

सिमाँचल मैत्री संवाद समुहको सदस्य युवा भण्डारीले येस्तो घटनालाई ओझेलमा पार्नु हुदैन। अरु निर्दोष छोरी चेली बलात्कारको सिकार बन्नु नपरोस् आज दोषी उम्कियो भने भोलि हामी जोकोहि पनि पीडित बन्न सक्छौ त्यही भएर हामी येस्तो घटनाको घोर भत्सना गर्दै दोषीलाई कार्वाहीको माग गरेको छ।

उक्त कोणसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला र युवाहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...