News Portal

देशभरका रिट्रनीहरु स्वरोजगार बन्दै, कौशलटारमा अर्गानिक तेल मिल स्थापना

हिमाली संचार संवाददाता
६५६ पटक

काठमाडौं १७, २०७६ मंसिर : राष्ट्रिय युवा परिषद मार्फत युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा सहुलियत पूर्ण कार्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि २०७५ को दोस्रो संसोधन भए लगत्तै विदेशबाट फर्किएका नेपालीहरु उद्यम गर्न जागरुक बनेका छ्न।

प्रवासबाट फर्किएका नेपालिहरुलाइ एकीकृत गर्दै देशको विकास र समृद्दिमा सारथि बन्ने अठोटका साथ २ बर्ष अघि स्थापना भएको वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको सामाजिक संस्था रिट्रनी माइग्रेण्ट नेपालले स्वरोजगार बन्न र रोजगारी सृजना गर्न देशभर कसरत गरिरहेको छ।

आफ्ना परिवारको खुशीको लागि र भविश्यको सुन्दर सपनालाई साकार पार्ने उदेश्य बोकेर आफ्नो परिवार मात्र होइन मातृभुमी नै छोडेर ७ वर्ष सम्म इजरायलमा श्रम गरेर स्वदेश फर्केकी समाजसेवी ४३ बर्षीया साहसी एकल महिला सपना थापाले काठमाडौको कौशलटारमा अर्गानिक तेल मिल स्थापना गरेकी छ्न।

आफ्नो गाउँटोलका आमाबुबाहरु सधै बिमारी भएर अस्पताल जाने अनि कमाएको सबै पैसा अस्पतालमा बुझाउनु परेको देख्दा दुखी हुने सपनाले लामो समय बिमारी भएर इजरायलमा दु:ख गरेर कमाएको लाखौं रुपियाँ समेत अस्पतालमा नै बुझाएको सम्झन्छिन।

यसपछी मान्छे किन बिमारी हुन्छन, भनेर अनुशन्धान थालेको र सबै रोगको जड भनेको हामीले खाने विशेष गरि तेलजन्य र अन्य खाद्य पदार्थ रहेको पता लगाएकि उनले गाउँका आमा-दिदिबहिनिहरुलाइ उत्प्रेरणा जगाउन र जिन्दगीलाई जस्तासुकै समस्या भए पनि हासेर जिउन सकिन्छ भन्ने पुस्टि गर्न भक्तपुरको कौशलटार मा ३ रोपनी जग्गा भाडामा लिएर जिवन विज्ञान सेन्टर खोलेर ध्यान योग सिकाउदै देशभरि नै मिसावट नभएको खाद्यान्न उद्योग खोल्ने उद्घोष गरिन र झन्डै १५ लाख खर्च गरेर सत्यम शिवम सुन्दरम खाद्य उधोग स्थापना गरेकी छ्न।

उद्योग स्थापनाले सिङ्गो गाउँ नै उत्साहित भएको उनका सहयोगी प्रकाश कोइरालाले बताएका छ्न। ३ रोपनी जग्गा भाडामा लिएर बनाएको ठुलो टहरामा शुद्द तोरीको तेल पेल्ने मिलको आज झन्डै १०० जना भन्दा बढि स्थानीय उपभोक्ता, रिटर्नी माइग्रेंट नेपालका केन्द्रीय महासचिब लक्ष्मी प्रसाद आचार्य, केन्द्रीय सचिबालय सदस्य काजि बहादुर थापा, प्रदेश न.१ का सचिब भरत शिवाकोटी, कृषिबिज्ञ युबलीला क्षेत्री, जिवन विज्ञानका शिक्षकहरुको बृहत उपस्थितिमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै रिटर्नी माइग्रेंट नेपालका केन्द्रीय महासचिब लक्ष्मी प्रसाद आचार्यले देशको विकास र समृद्दी उपभोक्ताहरुले दैनिक उपभोग गर्ने मिसावट रहित खाद्यान्नसंग समेत जोडिएको हुँदा सपना जस्ता महिलाहरुलाई राज्यले प्रोत्साहित गर्न जरुरी रहेको बताउदै देशभरका रिटर्नीहरु उद्यमसंग जोडिन शुरु गरेको र तेस्को एउटा नमुना समाजसेवी सपना थापा भएको बताएका थिए।

आचार्यले सपनाको सपनालाइ साचिकै साकार बनाउन देशभर रहेका रिट्रनीहरुले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्दता समेत प्रकट गरेका थिए भने स्थानीय उपभोक्ताहरुले यस्ता मिसावट नभएका उत्पादनहरु खोजि खोजि सेवन गर्ने हो भने हाम्रो व्यपार घाटा स्वात्तै घट्ने समेत उल्लेख गरेका थिए।

तेस्तै कार्यक्रममा उपस्थिति महानुभाव हरुलाइ धन्यबाद दिदै उद्योगी सपना थापाले ५ बर्ष सम्म प्राकृतिक खाद्यान्नहरु कुनै नाफा नराखी उपलब्ध गराउने प्रतिबद्दता ब्यक्त गर्दै पिठो एवम चामल लगायत तयार गर्ने मेसिनहरु समेत ल्याएर उत्पादनमा जोडने बताएकी थिइन। कार्यक्रममा जिवन विज्ञानका गुरु एवं कृषि विज्ञहरुले आ-आफ्नो धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...