News Portal

झापाको शान्ति आधारभुत विद्यालयका विद्यार्थीलाई युएईबाट न्यानो कपडा सहयोग

हिमाली संचार संवाददाता
६१५ पटक

आरपी ढुंगेल/युएई ०१, २०१९ डिसेम्बर : झापाको शिवसताक्षी-३ स्थित श्री शान्ति आधारभुत विद्यालयका ४८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

समृद्धि बचत तथा लगानी समुहकी कोषाध्यक्ष साथै झापाली समाज युएईकी आजिवन सदस्य तथा हाल अलएन क्षेत्रकी संयोजक, एनआरएनए आरसीसी अलएन क्षेत्रकी महिला संयोजक सरस्वती बास्तोला र दुई दिदीबहिनीहरु तारादेवी बास्तोला, देवका बास्तोला र शिवसतासी-३ का वडाध्यक्ष पुन्यप्रसाद सापकोटा र शिक्षक कमल ढकालको व्याक्तिगत पहलमा सोही विद्यालयमा अध्ययनरत गरिव तथा जेहेदार विद्यार्थीहरुलाई जाडोका कपडा वितरण गरिएको हो।

सोही अवसरमा पुरस्कार वितरण र विविध साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। विद्यार्थीको अभावमा मर्ज हुन लागेको विद्यालयमा हालको व्यवस्थापनले रचनात्मक कामहरू गरेका कारण जिल्लाकै नमूना विद्यालय बन्ने क्रममा रहेको यो शैक्षिक संस्थामा अध्ययनरत ४८ जना विपन्न विद्यार्थीहरुलाई नि:शुल्क जाडाेका कपडा वितरण गरिएको दाता तथा सोही विध्यालयमा कार्यरत शिक्षिका तारादेवी बास्तोलाले जानकारी दिएकी छन्।

मंसिर १३ गते शुक्रबार विद्यालय परिसरमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित झापाली समाज युएईका नेपाल सम्पर्क समिति अध्यक्ष जगत लुइँटेलले विद्यालयको व्यवस्थापनको खुलेर प्रशंसा गरे।

लुइँटेलले भने – शिक्षक/शिक्षिकाकाहरुले आफ्नो जन्मदिनमा चकलेट बाँढ्ने परम्परालाई परिवर्तन गर्दै १ हजार रुपैयाँ बराबरको कपी र पेन्सिल किनेर स्कुलमा राख्दा रहेछन् र सो सामग्री अति न्यून वर्गका विध्यार्थीहरुलाई नि:शुल्क वितरण गर्ने नमूना काम गरेको पाएँ।

२०६८ सालमा कक्षा ५ सम्ममात्र रहेको यो विद्यालय विद्यार्थी अभावमा मर्ज हुन लागेको स्कुलमा हाल २ सयभन्दा बढी विद्यार्थी रहेका छन्। हाल कक्षा ८ सम्मको पढाई भइरहेको यस विद्यालयमा कक्षा ५ सम्म पुर्ण रूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने गरेकाे छ। यहाँ निकट भबिश्यमा १० सम्म पुर्‍याउने लक्ष्य रहेको सोही विद्यालयमा कार्यरत शिक्षिका तारादेवी बास्तोलाले जानकारी दिइन्।

झापा जिल्लामै नमूना विद्यालयमा पर्ने यो विद्यालयलाई भने जिल्ला शिक्षा कार्यालयले भने वेवास्ता गरेको, खाजा सुबिधा काटेको, भवन निर्माणमा पनि कुनै सहयोग नगरेको कार्यक्रममा उपस्थित विध्यालय व्यवस्थापन समितिका सदस्यहरुले गुनासो गरेका छन्।

विद्यालय व्यवस्थापन समितिले यो सामुदायिक विद्यालयलाई सरकारले सौतेनी व्यावहार गरेका कारण आफ्नो विद्यालय आफै बनाउन कम्मर कसेर लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुन्य सापकाेटाले बताएका छन्।

विद्यालयका प्रधानाध्यापक बिष्णु भट्टराईले विद्यालयमा सबै शिक्षक/शिक्षिका र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य सोही विद्यालयमा पढाउने व्यवस्था गरिएको जानकारी दिदै शिक्षक/शिक्षिका र अभिभावकको सकारात्मक प्रयत्नले जिल्लाकै नमूना विद्यालय बनाउन कोसिस गरिरहेको बताए।

शिक्षक माहासघ प्रमुख बेनु कार्कीकाे प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रमको अध्यक्षता पुन्य सापकाेटाले गरेका थिए। यस विद्यालयमा कार्यरत शिक्षक/शिक्षिकाहरुलाई उदाहरणीय काम गरेकोमा सामुहिक सम्मान समेत गरिएको थियो।

यसै विद्यालयमा प्रधानाध्यापक भएर सेवानिवृत भएका देवकुमार दाहाल, विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारी र विद्यालय संचालनमा सहयोग गर्ने सबै चन्दादाताहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको दाता तथा शिक्षिका देवका बास्तोलाले जानकारी दिएकी छन्।

विद्यालय सन्चालनमा सहयोग पुगोस भनी गत तिहारमा आयोजना गरिएको देउसीभैलो कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुलाई पनि सोही कार्यक्रममा करुवा र प्रशंसापत्रका साथमा मेडल लगाएर सम्मान सहित पुरस्कार वितरण पनि गरिएको थियो। जाडोमा न्यानो स्वेटर पाएर बालबालिकाहरु प्रफुल्ल देखिन्थे।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...