News Portal

रोल्पामा बिप्लव नेकपाको जर्बजस्त प्रभाव : बिजयी वडाध्यक्षमाथी नैतिक संकट

हिमाली संचार संवाददाता
८५८ पटक

सुर्य बराल
रोल्पा १४, २०७६ मंसिर : माओबादी आन्दोलनको उदगमस्थल रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा स्थानिय मतदाताको बहिस्कारले रोल्पाको थवाङको बिद्रोहीपन र बर्तमान सत्ता एवं ब्यबस्थाप्रतिको असन्तुष्टि शसक्त रुपमा उजगार भएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विजयी भएको छ। नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेको थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको गत् असार ६ गते निधन भएपछि उपचुनाव भएको सो वडामा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन्।

उनले १७४ मत पाए बुढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत मात्र पाए। १२८४ कुल मतदाता रहेको यो वडामा जम्मा २०९ मत अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो।

अघिल्लोपटक स्वतन्त्र रुपमा उठेको उमेदवारलाई सर्मथन गरेका अधिकांस स्थानियले यसपटक नेत्रविक्रम चन्द बिप्लवको पार्टीको अपिल अनुरुप चुनाव बहिस्कार गर्दा १२ सय मतदाता भएका ठाउँमा २०९ मत खसेको हो। त्यसमध्ये १७४ मत ल्याई नेकपाका जनकबहादुर विजयी बनेका हुन्।

यसरी यस वडामा बिजयी भएका वडाध्यक्ष बुढामगर कानुनी रुपमा बिजयी भएपनि नैतिक रुपमा भने कुल मत ६ भाग मध्ये एक भाग सख्याँ मत पनि प्राप्त गर्न नसक्नु बिजयी भित्रको पराजय नै हो।

यसको अर्थ त्यस ठाँउका स्थानियको जनभावनालाई कदर गर्दै अगाडी बढनसके बुढामगर कानुनी र प्राबिधिक रुपमा बिजयी भएपनि जनताबाट तिरस्कार र बहिस्कारमा पर्दे जानेछन्। यसर्थ आम थवाङको सन्देशलाई बुढामगरहरुले मात्र होईन काठमाण्डौंमा बसि शासनसत्ता हाक्नेहरुले पनि बुझ्नुपर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...