News Portal

नेकपाका कार्यकर्तासँग मिलेर चितवनका एसपी दानबहादुर मल्लले गरे पत्रकारमाथि दुर्व्यवहार

हिमाली संचार संवाददाता
९४९ पटक

चितवन १४, २०७६ मंसिर : चितवनको भरतपुर महानगरपालिका १६, श्री मा.वि ढडाघारी मतदान केन्द्रमा पत्रकारहरुलाई नेकपाका कार्यकर्तासँग मिलेर एसपी दान बहादुर मल्लले दुर्व्यवहार गरेका छन्।

पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य समेत रहेका राजु सापकोटा, चितवनका वरिष्ठ पत्रकार महेन्द्र राज श्रेष्ठ र कृष्ण सुनुवार माथि भोज भतेर लगायतका गतिविधि क्यामेरामा कैद गरिरहेको बेला ढडाघारीमा सत्तारुढ नेकपाका कार्यकर्ताले प्रहरी प्रशासनकै अगाडि र्दुव्यवहार गरेका हुन।

मतदान केन्द्रसँगै रहेको घरमा निर्वाचन आचार संहिता विपरित भोज भतेरको तस्विर र भिडियो खिचेका पत्रकारहरुलाई नेकपाका कार्यकर्तासँगै मिलेर एसपी मल्लले दुर्व्यवहार गरेका हुन्। उनले पत्रकारको सुरक्षामा भन्दा पनि नेकपाको कार्यकर्ताको बलमिच्याईलाई साथ दिए।

र्दुव्यवहारका क्रममा साक्षीका रुपमा रहेका चितवनका एसपी दान बहादुर मल्लकै उपस्थितीमा पत्रकारत्रयले कैद गरेका विभिन्न भिडीयो क्लिप डिलिट गर्न बाध्य भएका हुन्। भिडियो डिलिट गर्दिन भनेर पटकपटक ईन्कार गर्दा उल्टै एसपी मल्लको निर्देशनमा भिडीयो डिलिट गरिएको पत्रकार सापकोटाले बताए।

पत्रकारहरुलाई तुच्छ बोली र व्यवहार हुँदै गर्दा प्रहरी प्रमुख मल्ल र सुरक्षा प्रमुखहरु मुकदर्शक बनेका थिए। पत्रकारहरुलाई स्थानीयहरुले सुरक्षा दिएर आक्रमण हुनबाट बचाएका थिए। घटनाको नेपाल प्रेस युनियनले भत्सर्ना गरेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...