News Portal

नेकपाका कार्यकर्तासँग मिलेर चितवनका एसपी दानबहादुर मल्लले गरे पत्रकारमाथि दुर्व्यवहार

हिमाली संचार संवाददाता
८८४ पटक

चितवन १४, २०७६ मंसिर : चितवनको भरतपुर महानगरपालिका १६, श्री मा.वि ढडाघारी मतदान केन्द्रमा पत्रकारहरुलाई नेकपाका कार्यकर्तासँग मिलेर एसपी दान बहादुर मल्लले दुर्व्यवहार गरेका छन्।

पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य समेत रहेका राजु सापकोटा, चितवनका वरिष्ठ पत्रकार महेन्द्र राज श्रेष्ठ र कृष्ण सुनुवार माथि भोज भतेर लगायतका गतिविधि क्यामेरामा कैद गरिरहेको बेला ढडाघारीमा सत्तारुढ नेकपाका कार्यकर्ताले प्रहरी प्रशासनकै अगाडि र्दुव्यवहार गरेका हुन।

मतदान केन्द्रसँगै रहेको घरमा निर्वाचन आचार संहिता विपरित भोज भतेरको तस्विर र भिडियो खिचेका पत्रकारहरुलाई नेकपाका कार्यकर्तासँगै मिलेर एसपी मल्लले दुर्व्यवहार गरेका हुन्। उनले पत्रकारको सुरक्षामा भन्दा पनि नेकपाको कार्यकर्ताको बलमिच्याईलाई साथ दिए।

र्दुव्यवहारका क्रममा साक्षीका रुपमा रहेका चितवनका एसपी दान बहादुर मल्लकै उपस्थितीमा पत्रकारत्रयले कैद गरेका विभिन्न भिडीयो क्लिप डिलिट गर्न बाध्य भएका हुन्। भिडियो डिलिट गर्दिन भनेर पटकपटक ईन्कार गर्दा उल्टै एसपी मल्लको निर्देशनमा भिडीयो डिलिट गरिएको पत्रकार सापकोटाले बताए।

पत्रकारहरुलाई तुच्छ बोली र व्यवहार हुँदै गर्दा प्रहरी प्रमुख मल्ल र सुरक्षा प्रमुखहरु मुकदर्शक बनेका थिए। पत्रकारहरुलाई स्थानीयहरुले सुरक्षा दिएर आक्रमण हुनबाट बचाएका थिए। घटनाको नेपाल प्रेस युनियनले भत्सर्ना गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...