News Portal

थानेश्वर गौतमको ‘खान्न भाउजु मस्यौरा, सिन्की पकाईदेउ’ सार्बजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
६८७ पटक

काठमाडौं १४, २०७६ मंसिर : चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमले भर्खरै मात्रै एक फरक मौलिक म्युजिक भिडियो ‘खान्न भाउजु मस्यौरा, सिन्की पकाईदेउ’ सार्बजनिक गरेका छन्। संगीतको गहिरो अध्ययन पश्चात संगीतमा लागेका गौतम एक बहुमुखि प्रतिभाका धनि गायक हुन।

गजल, भजन, आधुनिक, पप, रोईला, सालैजो, फिल्मी गीत, पन्चेबाजा, तथा लोकगीतलाई उतिकै न्याय दिएर गाउन सक्ने अचम्मको खुबिकै कारण उनी सबैमा उत्तिकै लोकप्रिय छ्न।

उनको ‘बिर्सिएर शृङ्गारमा गाजल लगाईनछ्यौ’ भन्ने गजल लगायत सिंदुर लाउने होली माया, मार्‍यो नि मायाले, स्याङ्जा गएं पाल्पा गएं, छ म संग सबै छ, चोलियाको तुना, पिउने पनि रहर छ, रामप्यारी फ्लिमको छ्मछ्म्ती पाउजु, घैलाभरी पानी, कालो चस्मा जस्ता गीतहरुले चर्चाको शिखरमा पुगेका गजल गायक गौतमले शास्त्रीय संगीतमा स्नाकोत्तर गरेका छन।

दुर्गा पौडेलको शब्द अनि थानेश्वर गौतमको आवाज र संगीत अनि हरी केसीको परिकल्पना र निर्माणमा रहेको र उदयराज पौडेलको एरेन्ज लगायत किशोर थापाको मिक्सिङ रहेको यो गीत ‘खान्न भाउजु मस्यौरा सिन्की पकाईदेउ’ गौतमले युटुब च्यानल जननी नेपालबाट रिलिज गरेका छन्।

यस गीतको भिडियिमा गायक स्वयं र अन्य कलाकार किशोर भण्डारी, रेश्मा तिमिल्सिना, गरिमा तिमिल्सिना ,कुमार न्यौपाने, राधाकृष्ण सापकोटाको अभिनय रहेको छ भने उक्त भिडियोको निर्देशन किशोर भण्डारी (डिट्ठा साहेब) ले गरेका हुन्। प्रबेश पोखरेलको छायांकन रहेको यस भिडियोलाई दुर्लभ श्रेष्ठले सम्पादन गरेका छ्न।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...