News Portal

थानेश्वर गौतमको ‘खान्न भाउजु मस्यौरा, सिन्की पकाईदेउ’ सार्बजनिक [भिडियो सहित]

हिमाली संचार संवाददाता
७४५ पटक

काठमाडौं १४, २०७६ मंसिर : चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमले भर्खरै मात्रै एक फरक मौलिक म्युजिक भिडियो ‘खान्न भाउजु मस्यौरा, सिन्की पकाईदेउ’ सार्बजनिक गरेका छन्। संगीतको गहिरो अध्ययन पश्चात संगीतमा लागेका गौतम एक बहुमुखि प्रतिभाका धनि गायक हुन।

गजल, भजन, आधुनिक, पप, रोईला, सालैजो, फिल्मी गीत, पन्चेबाजा, तथा लोकगीतलाई उतिकै न्याय दिएर गाउन सक्ने अचम्मको खुबिकै कारण उनी सबैमा उत्तिकै लोकप्रिय छ्न।

उनको ‘बिर्सिएर शृङ्गारमा गाजल लगाईनछ्यौ’ भन्ने गजल लगायत सिंदुर लाउने होली माया, मार्‍यो नि मायाले, स्याङ्जा गएं पाल्पा गएं, छ म संग सबै छ, चोलियाको तुना, पिउने पनि रहर छ, रामप्यारी फ्लिमको छ्मछ्म्ती पाउजु, घैलाभरी पानी, कालो चस्मा जस्ता गीतहरुले चर्चाको शिखरमा पुगेका गजल गायक गौतमले शास्त्रीय संगीतमा स्नाकोत्तर गरेका छन।

दुर्गा पौडेलको शब्द अनि थानेश्वर गौतमको आवाज र संगीत अनि हरी केसीको परिकल्पना र निर्माणमा रहेको र उदयराज पौडेलको एरेन्ज लगायत किशोर थापाको मिक्सिङ रहेको यो गीत ‘खान्न भाउजु मस्यौरा सिन्की पकाईदेउ’ गौतमले युटुब च्यानल जननी नेपालबाट रिलिज गरेका छन्।

यस गीतको भिडियिमा गायक स्वयं र अन्य कलाकार किशोर भण्डारी, रेश्मा तिमिल्सिना, गरिमा तिमिल्सिना ,कुमार न्यौपाने, राधाकृष्ण सापकोटाको अभिनय रहेको छ भने उक्त भिडियोको निर्देशन किशोर भण्डारी (डिट्ठा साहेब) ले गरेका हुन्। प्रबेश पोखरेलको छायांकन रहेको यस भिडियोलाई दुर्लभ श्रेष्ठले सम्पादन गरेका छ्न।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...