News Portal

संजीव ठकुरी र रिना थापाको अभिनयमा “लौन कान्छी खै” बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
१३२० पटक

राजु बोहरा/काठमाडौँ : नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीतहरु बजारमा आउने गरेका छन् । यस भित्र कसैलाई काँठे गीत मन पर्न सक्दछ, कसैले पश्चिमेली त कसैलाई पुर्बेली ।

खानाको परिकारमा कसैलाई गुन्द्रुक त कसैलाई मासु मन परे झैँ यतिबेला काँठे गीत मन पराउनुहुने श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै “लौन कान्छी खै” बोलको एक गीत भर्खरै बजारमा आएको छ । प्रस्तुत गीत सुर्यमणि आचार्य र पुरसोत्तम धितालको नाममा बजारमा आएको हो ।

गीतमा सुर्यमणि आचार्य, पुरसोत्तम धिताल र गंगा ठकुरीको सुमधुर स्वर सुन्न सकिन्छ । सुर्यमणि आचार्य द्वार स्वर बद्ध यस भन्दा पहिलेको गीत “ए है काली” रहेको थियो उक्त गीतलाई सम्बन्धित कलाकारहरुले नसोचेकै सफलता प्राप्त गरेका थिए।

सोहि अनुर्जुप यस गीतलाई पनि उत्तिकै मन पराइदिनु हुनेछ भन्ने बिश्वासमा निर्माण युनिट रहेको छ । “लौन कान्छी खै” बोलको गीतलाई लय सुर्यमणि आचार्य र पुरसोत्तम धितालले भरेका हुन् भने शब्द संगम थापाको रहेको छ ।

गीतको मिठासता जस्तै भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा सन्जिब ठकुरी र रिना थापा मगरको आकर्षक अभिनय देख्न सकिन्छ । संगम थापा द्वारा निर्देशित भिडियोलाई कोरियोग्राफ अमोन राना, छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...