News Portal

संजीव ठकुरी र रिना थापाको अभिनयमा “लौन कान्छी खै” बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
१२५१ पटक

राजु बोहरा/काठमाडौँ : नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीतहरु बजारमा आउने गरेका छन् । यस भित्र कसैलाई काँठे गीत मन पर्न सक्दछ, कसैले पश्चिमेली त कसैलाई पुर्बेली ।

खानाको परिकारमा कसैलाई गुन्द्रुक त कसैलाई मासु मन परे झैँ यतिबेला काँठे गीत मन पराउनुहुने श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै “लौन कान्छी खै” बोलको एक गीत भर्खरै बजारमा आएको छ । प्रस्तुत गीत सुर्यमणि आचार्य र पुरसोत्तम धितालको नाममा बजारमा आएको हो ।

गीतमा सुर्यमणि आचार्य, पुरसोत्तम धिताल र गंगा ठकुरीको सुमधुर स्वर सुन्न सकिन्छ । सुर्यमणि आचार्य द्वार स्वर बद्ध यस भन्दा पहिलेको गीत “ए है काली” रहेको थियो उक्त गीतलाई सम्बन्धित कलाकारहरुले नसोचेकै सफलता प्राप्त गरेका थिए।

सोहि अनुर्जुप यस गीतलाई पनि उत्तिकै मन पराइदिनु हुनेछ भन्ने बिश्वासमा निर्माण युनिट रहेको छ । “लौन कान्छी खै” बोलको गीतलाई लय सुर्यमणि आचार्य र पुरसोत्तम धितालले भरेका हुन् भने शब्द संगम थापाको रहेको छ ।

गीतको मिठासता जस्तै भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा सन्जिब ठकुरी र रिना थापा मगरको आकर्षक अभिनय देख्न सकिन्छ । संगम थापा द्वारा निर्देशित भिडियोलाई कोरियोग्राफ अमोन राना, छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...