News Portal

भक्तपुर निर्वाचनको गोप्य मत सर्वेक्षण यस्तो देखियो !

हिमाली संचार संवाददाता
७४१ पटक

काठमाडौं : नेकपा भक्तपुरको एउटा टिमले भक्तपुर क्षेत्र नं १, प्रदेश (क) को चुनावी मत परिणामलाई ध्यान दिँदै गाेप्य रूपमा गरिएकाे मत सर्वेक्षण बाहिर आएको छ।

बिगत २०७० साल तथा २०७४ को चुनावमा समेत उम्मेदवारीको अवसर पाएको नेकपाका उम्मेदवार डिपि ढकालको बारेमा गरेको आन्तरिक तथा बाह्य सर्बेक्षणका आधारमा यसपटक पनि हारको परिणाम भोग्नु पर्ने निश्कर्ष निकालेको छ।

पार्टीको आन्तरिक पंक्तिका प्राय सबै नेताकार्यकर्ताहरुको बिरोध हुँदाहुदै पनि नेतृत्वको चाकडि र चाप्लुसिको आधारमा उम्मेदवार बन्न सफल डिपि ढकाल बिगत २०७० सालको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालिन माओवादी पार्टीको तर्फबाट भक्तपुर २ नं निर्वाचन क्षेत्रबाट पहिलोपटक उम्मेदवारीको अवसर पाएका थिए। उक्त निर्वाचनमा उनकाे जमानत समेत जफत भएको थियो।

दोस्रो पटक नेकपा एमालेसंगको तालमेलका आधारमा भक्तपुर क्षेत्र नं १, प्रदेश (क) बाट दोस्रोपटक पुन: उम्मेदवारीको अवसर पाएपनि समग्र परिस्थितिको ख्याल गरि तात्कालिन एमालेले क्षेत्रका स्थानीय समाजसेवी तथा सालिन ब्यक्तित्व हरिशरण लामिछानेलाई उम्मेदवारी दियो।

पछि पार्टी नेतृत्वले उदयपुर जिल्ला र भक्तपुरको उम्मेदवारीको हेराफेरिमा, उदयपुरमा तात्कालिन माओवादीको उम्मेदवार र भक्तपुर निर्वाचन क्षेत्र नं १, प्रदेश (क) मा तात्कालिन एमालेका उम्मेदवार हरिशरण लामिछानेलाई संयुक्त रुपमा आधिकारिक उम्मेदवारको रुपमा निर्णय गरियो।

यो निर्णय प्रती असहमति जनाउँदै डिपि ढकाल लगायतको तात्कालिन माओबादिको एउटा समुहले सयुक्त उम्मेदवार हरिशरण लामिछानेलाई हराउन अभियान नै चलाएको थियो। यस क्रममा आफ्ना समर्थकहरुबाट आफैलाई भोट राख्न लगाउने र बाहिर जसरी भएपनि हरिशरण लामिछानेलाई हराउन आफ्नै पंक्तिलाइ नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा प्रचार गर्न निर्देशन दिँदै गोप्य रुपमा घरदैलो अभियान नै चलाएको थियो।

त्यहि क्रममा नगरकोटका केही साथिहरुलाइ काँग्रेस पार्टीमा प्रवेश गराएको कुरा पनि श्रोतले जनाएको छ। उक्त चुनावमा डिपि ढकाल आफैले पनि ७८४ मत ल्याएका थिए। स्मरण रहोस् स्थानीय निर्वाचनमा तात्कालिन माओवादीका तर्फबाट मेयरका उम्मेदवार शिब अधिकारीले पनि ७०६ मत पाएका थिए।

उक्त समयमा हरिशरण लामिछानेलाई समर्थन गर्ने शर्तमा तात्कालिन एमाले नेतृत्वसंग १२ लाख रुपैयाँ लिएको कुरा पनि पुर्व एमाले समुहमा चर्चाको विषय बनेको छ तर सहमति र आर्थिक लेनदेन पश्चात् पनि उहाँ प्रदेशको निर्वाचन प्रचार अभियानमा कतै हरिशरण लामिछानेको पक्षमा बोल्नु भएन।

बिगतका यिनै गलत खालका क्रियाकलापका कारण आन्तरिक रुपमा नेकपा भित्र डिपि ढकाल प्रती अत्यन्त नकारात्मक भावना पैदा भईरहेको र नेतृत्वले सम्झाइ बुझाइ गर्दा पनि आफ्नै कार्यकर्ता र समर्थकहरुबाट अत्यन्त कम मत खस्ने कुराको रिपोर्ट सर्भेक्षण टोलिले नेतृत्व समक्ष बुझाएको छ।

अलि अलि बाहिरी माहोल जस्तो देखिएपनि आन्तरिक तयारी घनिभुत नहुनु, मिडियालाई अत्याधिक पैसा खर्च गरि मिडिया प्रचारमा मात्र सिमित हुनु, उम्मेदवारले बिगतमा गरिएको कमजोरिको बारेमा आन्तरिक पंक्तिमा प्रष्ट पार्न नसक्नाले असंतुस्टिहरु बढ्दै गएको कुरा पनि रिपोर्टमा उल्लेख गरिएको जानकारी श्रोतले दिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...