News Portal

बिदेशबाट फर्किएका युवाहरुले गरे चिस्यान केन्द्र स्थापना

हिमाली संचार संवाददाता
६१० पटक

भरत शिवाकोटी
झापा : वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुले नवलपुरमा चिस्यान केन्द्र स्थापना गरेर उदाहरणीय कार्य गरेका छन्। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने तयारी गरेको हो।

३ हजार मेट्रिक टन क्षमताको उक्त चिस्यान केन्द्रको शेयर खुला हुनुअघि मंगसिर ७ गते सातवटै प्रदेशका अगुवा पुर्व प्रवासीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभाका सांसद तिलक महतले चिस्यान केन्द्रको वेवसाइटको समेत समुदघाटन गर्दै चिस्यान केन्द्र मुलुककै नमूना हुने बताउँदै सजग भएर सञ्चालन गर्न आग्रह गरेका थिए।

उनले आफूले आवश्यक परेजती सहयोग गर्न चौबिसै घण्टा तयार रहेको बताउदै आफ्नो कार्यकाल भित्र नै आयोजना सम्पन्न गर्न आग्रह गरेका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले आयोजना सफल बनाउन स्थानीयसँग हातेमालो गरेर अघि बढ्न अपिल गर्दै स्थानीयका लागि चिस्यान केन्द्र सुवर्ण अवसर भएको बताएका छन। चिस्यान केन्द्रले स्थानीय कृषकहरुलाई समेत कृषि उपजहरुको प्रबर्द्धन गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

कावासोती नगरपालिकास्थित अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाईएको रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष एवं चिस्यान केन्द्र निर्माण गर्ने अभियानका अभियान्ता नेत्र थनेतले जानकारी दिएका छन।

चिस्यान केन्द्रमा ७० प्रतिशत नेपाल सरकारको अनुदान रहने र बाँकी ३० प्रतिशत लगानी कम्पनीका सेयर सदस्यहरूको रहने बताइएको छ।

सेयर सदस्यहरू छनोट गर्दा रिटर्नी माइग्रेन्ट नेपालका सदस्यहरूलाई प्राथमिकतामा राखिने छ। कार्यक्रममा विज्ञ भुमि बरालले आयोजनाको विस्तृत विवरणबारे प्रस्तुति गर्नुभएको थियो।

कार्यक्रमम रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले नेपाल सरकारले देखेको समृद्दिको सपना साकार पार्ने भए त्यसको दरिलो आधार वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु हुनसक्ने बताउदै ज्ञान, सिप र पुजी भएको यो जनशक्तीलाई सरकारले अझै चिन्न नसकेको दुखेसो गरेका थिए।

कार्यक्रममा अन्य वक्ताहरुले समेत चिस्यान केन्द्रका विविध पक्षबारे धारणा राख्दै यसलाई नमुनाका रुपमा विकास गर्न सुझाएका थिए। कार्यक्रम नेत्र थनेतको सभापतित्वमा र लक्ष्मी आचार्यको संचालनमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...