News Portal

साउदिमा खुला फुटबल प्रतियोगितामा माउन्ट एभरेष्टको जित

हिमाली संचार संवाददाता
७२३ पटक

ओम पाण्डे
साउदी २३, २०१९ नोभेम्बर : साउदिको अल्मराई कम्पनीको ब्रान्चहरु बिच भएको खुला नेपाली फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट टिमले ३/१ को गोलान्तरले हिमालयन वारियर्सलाई हराउँदै जित हासिल गरेको छ।

अलमराइको सिपिपि नेपाली कमिटिले आयोजना गरेको उक्त फुटबलमा विभिन्न ब्रान्चका गरि ८ टिमले भाग लिएका थिए। माउन्ट एभरेष्ट, मनाङ मर्स्याङ्दि, थ्री स्टार, ट्रान्सपोर्ट, अलदाना, बेकरी च्यालेन्जर्स, हिमालयन वारियर्स अल रबिया र अल्खर्ज सेल्स डिपो बिच भएको नक आउट खेलमा माउन्ट एभरेस्ट र हिमालयन वारियर्स फाइनलमा भिडेका थिए।

शुक्रबार साँझ २०:४५ बजे देखि शुरु भएको टिम बिच कडा प्रतिस्पर्धाका साथ खेल भएको थियो। पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेको थिएनन् भने दोश्रो हाफमा लिला ब्लोनको ह्याट्रीक ३ गोलको सहायताले माउण्ट एभरेष्टलाई जित हासिल गर्न सजिलो भएको थियो। खेलको अन्ततिर हिमालयन वारियर्सका क्याप्टेन कृष्ण कुमारले एक गोल मात्र गरेका थिए।
नेपाली कमिटी सिपिपिले आयोजना गरेको आकर्षक खेलमा मेन रेफ्री आश गुरुङले गरेका थिए भने लाइन्स म्यानमा दिपक लिम्बू र सुरेश सुनार थिए र गोल जर्जमा प्रकाश भट्ट र यदु सापकोटा रहेका थिए।

माउन्ट एभरेष्टका क्याप्टेन सुरज गुरुङले खेल अबधीभर सर्बाधिक ५ गोल गरेर गोल्डेन बुटको अवार्ड पाएका थिए भने हिमालयन वारियर्सका गोलकिपरले गोल्डेन ग्लोभ्स पाएका थिए।

त्यसै गरि माउन्ट एभरेष्टकै खेलाडीले बेस्ट डिफेन्डर अवार्ड, ह्याट्रीक ३ गोल गरेर लिला ब्लोनले एमर्जिङ प्लेयर अवार्ड, हिमालयन वारियर्सका क्याप्टेन कृष्ण केसिले बेस्ट प्लेयर अवार्ड पाएका थिए भने फियर प्ले अवार्ड बेकरी च्यालेन्जर्सलाई दिएको थियो।

पाँच सय भन्दा बढि दर्शकको बिचमा खेलाइएको खेल उत्तिकै अनुशासन र सौहार्दपुर्ण बाताबरणमा भएको थियो।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...