News Portal

टाईम्स अस्पतालद्वारा एकदिने निशुल्क स्वास्थ्य शिविर, २५० बिरामीको स्वास्थ चेकजाँच

हिमाली संचार संवाददाता
६८४ पटक

रबिन्द्र बराल
मोरङ ७, २०७६ मंसिर : माेरङकाे रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। सुनवर्सिनगरपालीका ५ स्थित टकुवामा रहेको हेल्पाेस्टकाे कार्यलयमा उक्त स्वास्थ्य शिविरकाे आयाेजना गरिएको थियोे।

साे शिविरमा टकुवा, रमनपुर, कासिजान, बटरवारी लगायतका स्थानीय महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए।

टाईम्स अस्पतालका सर्जन बिभागका डाक्टर प्रदिप यादवले भने बढि मात्रामा महिलाहरुले बर्षाेदेखि लजाएर रोगको कारण लुकाएर राखेका पाठेघर समस्या बढि मात्रामा देखा परेको समेत बताए।

साेहि क्रममा अस्पतालले स्थानीयहरुकाे सुगरकाे समेत निशुल्क परिक्षण गरेकाे थियो। जसका कारण अहिलेसम्म सुगरकाे चेक जाँच नगरिएका मध्यमा ३०% लाई सुगर समेत फेलापरेकाे छ।

साे शिविरमा २ सय ५० जना बिरामीहरुले स्वास्थ चेकजाँच गराउनका साथै अधिकान्स महिलाहरुले पाठेघरकाे परिक्षण समेत गराएका थिए।

उक्त शिविरमा सुनवर्सि नगरपालिकाका मेयर काली प्रसाद दास, बडा अध्यक्ष, ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दहाल, टाईम्स अस्पतालका मेनेजमेन्ट प्रमुख पारस मंन्डल, अनमि गुन्जा साह, पिंकि राजवंशी, अबिनाष मंन्डल, स्वास्थ्यकर्मि, स्वयंसेविकाहरु लगायतकाे उपस्थिति समेत रहेको थियोे।

उक्त सिशिरमा महिला पुनस्थापना केन्द्र, टाईम्स अस्पताल रंगेली, शान्ति महिला, ईलाका प्रहरीक कार्यलयल रंगेली, आेरेक नेपाल र नगरपालिकाकाे सहकार्यमा शिविरकाे आयाेजनामा गरिएको थियोे।

आेरेक नेपालका लेखा अधिकृत मन्जु कटुवालका अनुसार अहिले पनि गाउँ घरमा रहेका अधिकान्स महिलाहरुले लाजका कारण अाफ्नाे राेग पालिरहने गरेकाे र उनले महिलाहरुकाे समस्याका बारेमा जानकारी लिन खाेज्दा ११ बर्ष देखिकाे पाठेघरकाे राेग लुकाएर राखेको समेत उनले बताईन। उपचारपछि बिरामीहरुलाई निशुलक अाैषधि समेत बितरण गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...