News Portal

कुवेतसँग नेपाल  विश्वकप फुटबलको छनोट खेलमा पराजित

हिमाली संचार संवाददाता
५८० पटक

काठमाडौं -कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । भुटानको थिम्बुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भयो । कुवेतको जितमा कप्तान बदर अलमतवाले निर्णायक गोल गरे । बदरले २८ औं मिनेटमा गोल गरे ।

दशरथ रंगशालाको मैदान निर्माणले पूर्णता नपाएका कारण नेपालले न्युटल भेन्युको रुपमा भुटानमा घरेलु खेल खेलेको हो । नेपालले कुवेतविरुद्ध केही गोल गर्ने अवसर गुमाएको थियो । यसअघि कुवेतमा भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन् ।  नेपालले यसअघि चारवटै खेल खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार खेपेको छ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० गोलले हराएको थियो ।

नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार खेपेको थियो । छनोट अन्तर्गत नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...