News Portal

राष्ट्रिय पन्चे बाजा समुह कुवेतले १५ नोभेम्बरमा प्रथम अधिवेशन गर्दै

हिमाली संचार संवाददाता
७४२ पटक

कुवेत १२, २०१९ नोभेम्बर : राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले यहि नोभेम्बर १५ तारीख शुक्रबारका दिन आफ्नो पहिलो अधिवेशन गर्ने भएको छ।

“कला सांस्कृतिक हाम्रो शान, पन्चेबाजा राष्ट्रिय पहिचान” भन्ने मुल नारा बोकेको पन्चे बाजा समुहले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको बाबू मल्ल ठकुरीले हिमालीसंचार डटकमलाई जानकारी दिए।

हरेकजसो कार्यक्रमहरुमा आफ्नो सक्रियताका साथ कुवेतमा आयोजना गरिने सांस्कृतिक संस्था, सामाजिक संस्था, राजनीतिक संस्था लगायत नेपाली राजदुतावाससंग सहकार्य र हातेमालो गर्दै आएको बिशुद्व नेपाली मौलिकता बोकेको पन्चे बाजा समुह हो।

आफ्नो प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रमको लागि कुवेतमा रहेका सामाजिक संघसंस्था, पत्रकार, कलाकार, खेलाडी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार लगायत शुभचिन्तकहरुलाई निमन्त्रणा गरि सकिएको र कोहि कसैलाई कारणबस निमन्त्रणापत्र नपुगेको खण्डमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थिति भई सफल बनाईदिनहुन संयोजक बिष्णु सुनारले अनुरोध गरेका छन।

तपशिल:

मिति : १५ नोभेम्बर २०१९ शुक्रबार
समय : १२:३० बजे
स्थान : पपिन्स हल जिलिप
आयोजक : राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...