News Portal

राष्ट्रिय पन्चे बाजा समुह कुवेतले १५ नोभेम्बरमा प्रथम अधिवेशन गर्दै

हिमाली संचार संवाददाता
८३६ पटक

कुवेत १२, २०१९ नोभेम्बर : राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले यहि नोभेम्बर १५ तारीख शुक्रबारका दिन आफ्नो पहिलो अधिवेशन गर्ने भएको छ।

“कला सांस्कृतिक हाम्रो शान, पन्चेबाजा राष्ट्रिय पहिचान” भन्ने मुल नारा बोकेको पन्चे बाजा समुहले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको बाबू मल्ल ठकुरीले हिमालीसंचार डटकमलाई जानकारी दिए।

हरेकजसो कार्यक्रमहरुमा आफ्नो सक्रियताका साथ कुवेतमा आयोजना गरिने सांस्कृतिक संस्था, सामाजिक संस्था, राजनीतिक संस्था लगायत नेपाली राजदुतावाससंग सहकार्य र हातेमालो गर्दै आएको बिशुद्व नेपाली मौलिकता बोकेको पन्चे बाजा समुह हो।

आफ्नो प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रमको लागि कुवेतमा रहेका सामाजिक संघसंस्था, पत्रकार, कलाकार, खेलाडी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार लगायत शुभचिन्तकहरुलाई निमन्त्रणा गरि सकिएको र कोहि कसैलाई कारणबस निमन्त्रणापत्र नपुगेको खण्डमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थिति भई सफल बनाईदिनहुन संयोजक बिष्णु सुनारले अनुरोध गरेका छन।

तपशिल:

मिति : १५ नोभेम्बर २०१९ शुक्रबार
समय : १२:३० बजे
स्थान : पपिन्स हल जिलिप
आयोजक : राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेत।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...