News Portal

आमाकै कारण तेक्वान्दो खेलाडी भएँ : रेजिना कार्की

हिमाली संचार संवाददाता
७१४ पटक

सिर्जना दुवाल श्रेष्ठ
काठमाडौं : म आज खेलाडीका रूपमा चिनिनुमा मेरी ममीको हात छ। अझै पनि सम्झन्छु, होमवर्क नगरी खेल्न दगुरेको। यसरी खेल्न जाँदा ममीले कहिल्यै गाली गर्नुभएन। ममीका धेरै जना साथी तेक्वान्दो खेलाडी थिए। त्यसैले पनि मलाई ५ वर्षकै उमेरमा ममीले तेक्वान्दोमा भर्ना गरिदिनुभयो।

मलाई पनि सानैदेखि यो खेल खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। म खेलमा यति क्रेजी थिएँ कि स्कुल ड्रेसको भित्र तेक्वान्डो ड्रेस लगाएर समेत जान्थें। मेरो खेलप्रतिको रुचि ड्याडीलाई त्यतिबेला खासै मन पर्दैनथ्यो तर ममीकै कारण मैले रोकिनु परेन।

खेल्दा कतिपल्ट हातखुट्टा भाँचिए तर ममीले नखेल भन्नुभएन। परिवारमा हामी ४ जना छोरी थियौं। आफन्तहरूले छोरा छैन भनेर कुरा काट्थे तर बुवा–ममीले कहिल्यै हामीप्रति भेदभावपूर्ण व्यवहार गर्नुभएन।

ममीले सधै मेरा छोरीहरू कुनै छोराभन्दा कम छैनन्, केही गरेर देखाउनुपर्छ भन्नुहुन्थ्यो। त्यसैले पनि मेरो मनमा सधैं राम्रो खेल्छु भन्ने सोच आउँथ्यो। ममीले पनि समाजले काटेका कुनै कुरामा ध्यान नदिई मेरो खेलप्रतिको रुचि पूरा गरिदिनुभयो।

म ममीसँग हरेक कुरा निसंकोच खोल्न सक्छु। उहाँ मेरो खेललाई जति प्रोत्साहन दिनुहुन्छ त्यति नै गलत काममा सिपाही बनेर पहरेदारी पनि गर्नुहुन्छ। ममीको यही व्यवहारले नै ममा के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने चेतना आएको हो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...