News Portal

प्रधानमन्त्री मोदीको आलोचना गर्ने पत्रकारको गैरआवासीय नागरिकता खारेज

हिमाली संचार संवाददाता
७५६ पटक

नयाँदिल्ली : भारतले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा आलोचनात्मक समाचार लेखेका पत्रकार तथा लेखक आतीश अली तासीरको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) खारेज गरिदिएको छ।

भारतको गृह मन्त्रालयले नागरिकता ऐन, १९५५ अनुसार तासीरको ओसीआई खारेज गरेको जनाएको छ। ओसीआई कार्ड भारतीय मूलका विदेशीले पाउने नागरिकतासरह मानिन्छ। ओसीआई कार्ड भएपछि भारतमा आउने जाने, व्यापार व्यावसाय, नोकरी गर्न पाइन्छ तर मतदान र संवैधानिक पदमा पुग्ने अधिकार भने हुँदैन।

भारतीय गृह मन्त्रालयका अनुसार पाकिस्तानी हजुरआमा हजुरबाबा, आमाबाबु हुनेलाई ओसीआई प्रदान गरिँदैन। तासीरका बुबा पास्कितानी हुन। तासीरले गत बैशाखमा अमेरिकाको प्रतिष्ठित पत्रिका टाइम म्यागजिनमा मोदीको विषयमा समाचार लेखेका थिए। ‘इन्डियाज डिभाइडर इन चिफ (महाविभाजनकारी)’ शीर्षकमा सात महिना पहिले प्रकाशित समाचारकै कारण तासिरको ओसीआई रद्द गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

बाबुको पहिचान लुकाएकाले खारेज : गृह मन्त्रालय

भारतले भने बाबुको पहिचान लुकाएर लिइएको ओसीआई खारेज गरेको जनाएको छ। भारतीय गृह मन्त्रालयकी प्रवक्ताको आधिकार ट्वीटर हेन्डलमा लेखिएको छ, ‘आतिश अलीले आवेदन दिने बेलामा आफ्ना बाबु पाकिस्तानी मूलका हुन भन्ने कुरा लुकाएका थिए।’

ओसीआई कार्डको विषयमा विवाद उठेपछि आफूहरूले तासीरलाई जवाफ दिने मौका दिएको तर उनी जवाफ दिन असफल रहेको गृह मन्त्रालयको भनाई छ। उनी भारतीय कानून अनुसार ओसीआई लिन अयोग्य रहेको मन्त्रालयको ठहर छ। सञ्चार माध्यमहरूले भने जस्तो मोदीको आलोचना गरेका कारण ओसीआई खारेज नभएको गृह प्रवक्ताको ट्वीटमा उल्लेख छ।

जवाफको मौका दिइएन : तासीर

पत्रकार तथा लेखक तासीरले भारतीय गृह मन्त्रालयको भनाइको खण्डन गरेका छन। आफूलाई जवाफ दिनका लागि २१ दिनको सट्टा जम्मा २४ घण्टा दिइएको उनको भनाइ छ। तासीरले गृह मन्त्रालयबाट आएको मेलबक्सको स्किनसट सहित आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको जनाएका छन्।

पत्र पाएको दुई घण्टापछि नै आफ्नो ओसीआई रद्द गरिएको तासीरको दाबी छ। आफूले पठाएको जवाफलाई सम्बन्धित निकायले रेस्पोन्स नै गरेको तासीरले ट्वीट गरेका छन्। ओसीआई खारेजीलाई उनले कुटील षडयन्त्र भनेका छन्। खारेज भएको ओसीआईको कार्ड न्यूयोर्कस्थित भारतको महावाणिज्यदूतावासमा बुझाउन भनिएको छ।

को हुन् तासीर ?

तासीर सन् १९८० मा लण्डनमा जन्मेका हुन। उनी पाकिस्तानका उदारवादी नेता सलमान तासीर र भारतीय पत्रकार तवलीन सिंहका छोरा हुन। पञ्जाबको पूर्वगर्भनर रहेका तासीरका बुबाको निधन भइसकेको छ। सलमान तासीर १९८० को दशकदेखि पाकिस्तान पिपुल्स पार्टीमा आवद्ध थिए। तासीरका बुबा सलमान १९८८ मा पञ्जाबसभाका लागि लाहोरबाट निर्वाचित भएका थिए।

टाइम म्यागजिनमा कार्यरत तासीरको लेख प्रस्पेक्ट, द सन्डे टाइम्स, द सन्डे टेलिग्राम, फाइनास्सीयल टाइम्स जस्ता पत्रपत्रिकामा प्रकाशित छन्। तासीरले आफू नयाँ दिल्लीमा हुर्किएका हुन्। उनले दुई वर्षदेखि १० वर्षसमम र २६ वर्षदेखि ३५ वर्षसम्म भारतमा रहेको बताएका छन्। उनले भारतमा आफ्नो बैंक खाता, आधार कार्ड रहेको र भारतमै कर तिर्ने गरेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...