आज : २०२६-०६-०६, शनिबार

___गजल___

सहनै नसक्ने अत्यचार सहनु परेको छ
सिमाना मिचिन्छ बारम्बार सहनु परेको छ

लिपुलेक लिम्पियाधुरा हराउदैछ नक्साबाट
न हुदा गतिलो सरकार सहनु परेको छ

दुश्मनहरुले आमाको छातिमा परेट खेलेको
छोरा नै भएर हो गद्दार सहनु परेको छ

सायद द्रव्यको पट्टीछ,मुख खुल्दैन उहाँको
यता दु:ख्छ मुटु लगातार सहनु परेको छ

बोल्नुस महोदय अतीभो तापाईको मौनता
सदियौंदेखि दक्षिणको प्रहार सहनु परेको छ।।

अ्मर खडका
हाल: कुबेत