News Portal

कास्की निर्वाचन कार्यालय नजिकै विस्फोट, प्रहरी भन्छ – ‘गनपाउडर पड्केको हो’

हिमाली संचार संवाददाता
७७२ पटक

कास्की २१, २०७६ कात्तिक : मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे।

‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो, थप विवरण आउन बाँकी छ’ डिएसपी केसीले रातोपाटीलाई बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भनिए पनि उक्त विस्फोट गनपाउडरका कारण भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको प्रारम्भिक जानकारी आएको बताए पनि उक्त विस्फोट बम नभएर गन पाउडरका कारण भएको प्रहरीले बताएको हो।

बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको पर्यटक बसपार्कमा विस्फोट भएको थियो। जिप्रका कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले खाल्डो गन पाउडर राखेर विस्फोट गराइएको रातोपाटीलाई जानकारी दिए।

आज कास्कीमा उपनिर्वाचनका लागि कार्यतालिका रहेको छ। कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...