News Portal

सल्लिबजारमा उर्जामन्त्री पुनलाइ भव्य स्वागत, ३ वर्ष भित्रमा सल्यानलाई पुर्ण विद्युतिकरण गर्ने उद्घोष

हिमाली संचार संवाददाता
९३० पटक

इन्द्र बुढाथोकी
सल्यान २१, २०७६ कार्तिक : पश्चिम सल्यानको सल्लीबजारमा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन अनन्त र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई भव्य स्वागत गरेका छन।

बनगाड कुपिण्डे नगरपालिका नगरप्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मन्जु यरि, वडाध्यक्ष लगायत जनप्रतिनिधि, नगरपालिका कर्मचारी, नेकपा नगरपार्टी लगायत स्थानीयले भव्य स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा बोल्दै मन्त्री पुनले अबको ३ वर्षमा नेपाल पुर्ण रुपमा विद्युतिकरण हुने र त्यसमा सल्यान पनि पर्ने बताए।

भेरी करिडोरमा विकासको अवस्था बुझ्न र भेटघाटको लागि आफुहरु आएको र अब भेरी करिडोर अन्तर्गतका फाटहरुमा लिफ्ट, सतह, एकीकृत सिचाइको योजना बनाएको र भेरी किनारका फाटहरुमा सिचाइको व्यवस्था गर्ने बताएका छन।

सल्यानको विद्युतिकरणको लागि गत वर्ष १८ करोड बिनियोजन गरेको र अब नेपाल भरी पुर्ण रुपमा विद्युतिकरण गर्नेको लागि एसियान इन्भेस्टमेन्ट डेभलपमेन्ट बैक (AIIB) १२ अरब रिण साहेताको लागि पहल गरिरहेको बताएका छन। साथै यस क्षेत्रबाट डोल्पा हुँदै चीन सम्म सडक पुर्‍याउन सरकार लागिरहेको समेत बताएका छन।

पहाडका बस्तिहरुमा पनि विकासको सम्भावना बढदै गएकाले अब बसाइँसराइ गरेर तराई झर्ने समस्या अन्त्य हुने बताएका छन। समृद्ध नेपाल सुझी नेपाली बनाउने योजना अगाडि बढाएको समेत बताए। आफुलाइ स्वागत गरेकोमा मन्त्री पुनले धन्यवाद समेत व्यक्त गरेका छन।

स्वागत कार्यक्रम कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, मुख्यमन्त्री राजनीति सल्लाहकार भिमप्रकाश शर्मा, नेपाल सल्यान जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, नेता रमेश मल्ल लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नगर पार्टी अध्यक्ष किर्ती बहादुर रानाले गरेका थिए।

Barshaman Pun

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...