News Portal

आफ्नै पार्टी नेतालाई मनपरी गाली गर्नेलाई प्रदेश प्रमुख बनाएपछि..

हिमाली संचार संवाददाता
६२५ पटक

काठमाडौं १९, २०७६ कार्तिक : २०७४ असारमा सम्पन्न स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजीत भएका विष्णुप्रसाद प्रसाईलाई ३ नम्बर प्रदेश प्रमुखमा नियुक्त गरिएको छ।

तत्कालीन एमालेबाट उनी मेयरका उम्मेदवार थिए तर कांग्रेसका आचार्यसँग उनी १ हजार ३ सय ५४ मतान्तरले पराजीत भएका थिए। उपमेयरमा एमालेबाट मिना पोखरेल उप्रेती बिजयी भएकी थिइन्।

एमालेबाट उम्मेदवार भएकी उपमेयर जित्ने तर मेयर पराजीत भएपछि प्रसाई झन् आक्रोसित भएर विवेक नै गुमाउन पुगेका थिए।

“प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख बनाउन वेदुराम भूसाल, प्रदीप नेपाल, अमृत बोहरालाई मानेनन्।”

मेयरमा पराजीत भएपछि प्रसाईले पार्टी नेता रविन कोइरालालाई मा… मु.. जस्ता अश्लिल गालीगलौज गर्दै ‘मलाई हराउने तै होइनस्’ भन्दै सभ्य समाजले पचाउनै नसक्ने हर्कत पनि देखाएको नेकपाकै कार्यकर्ता बताउँछन्।

चुनावमा पराजीत भइसकेपछि उनले देखाएको ब्यवहारले तत्कालीन एमाले पंक्ति नै लज्जित भएको थियो। तिनै प्रसाईलाई प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख बनाएपछि नेकपा झापाका नेताहरु आश्चर्यमा परेका छन्।

विष्णु प्रसाईलाई प्रदेश प्रमुख बनाउने निर्णयका पक्षमा नेकपामा कोही नभए पनि प्रधानमन्त्री ओलीले पेलेरै निर्णय गराए।

नेकपाका बरिष्ठ नेता माधव नेपालले बेदुराम भूसाल, प्रदीप नेपाल, अमृत बोहरा जस्ता नेताको नाम लिए पनि उनको कुरा सम्बोधन हुन सकेन।

सरकारले पूर्वमाओवादी कोटाबाट ३ र साविक एमालेबाट ४ जनालाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ।

अमिक शेरचन गण्डकी प्रदेश, तिलक परियार २ नम्बर प्रदेश र शर्मिलाकुमारी त्रिपाठी पन्त सुदूरपश्चिम प्रदेश माओवादी कोटाबाट भएका हुन्।

शेरचन पूर्वउपप्रधानमन्त्री हुन्। परियार पुराना माओवादी नेता हुन्। उनी माओवादी रामबहादुर थापा बादल र पम्फा भूसालहरुसँगै एकतामा आएका हुन्।

शर्मिला बेपत्ता पारिएका माओवादी नेता ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती हुन्। माओवादीले उनलाई प्रदेश प्रमुख बनाएर बेपत्ता परिवारलाई पनि स्थान दिएको छ।

एमालेबाट पुराना वामनेता सोमनाथ अधिकारी प्यासी १ नम्बर प्रदेश प्रमुख, धर्मनाथ यादव ५ नम्बर, विष्णु प्रसाई ३ नम्बर र गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेशको प्रमुखमा नियुक्त भएका छन्। एमालेबाट नियुक्त भएका सबै प्रधानमन्त्री ओली निकट हुन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...