News Portal

  • श्रीमानको मृत्युप्रश्चात दलित महिलाको संघर्षशिल दैनिकी

    हिमाली संचार संवाददाता
    ६० पटक

    सुभेन्द्र दास
    लहान : मुसहर समूदायको मुख्य पेशा कृषि कर्म भएपनि तिनीहरुको आफनो निजी जग्गा छैन। कृषि काममा पनि आफ्नै भाडाको खेतवारीमा काम गर्नुपर्छ र आम्दानी आफ्नै हुन्छ भन्ने ठानेको पनि थिएन।

    ठूला किसानहरुको जग्गा अधिया बटैया गर्ने तथा बाँकी समय ज्याला मजदूरी गरी आफनो दैनिकी जिवन संचालन गर्दै आएका थिए। यस समुदायमा रहेको कृषि अनुभव सीप, जाँगर र जनशक्तीलाई संस्थागत गरि आयआर्जनमा रुपान्तरण गर्न सकिने सम्भावना रहेको गाउँलेहरु बताउँछन्।

    समूदायमा रहेको मानवीय पुँजीलाई सुधारिएको कृषि पेशामा लगानी गरी सामूहिक करार खेतीको माध्यमबाट उनीहरुको क्षमता अभिवृद्धि गर्दै जीविकोपार्जनमा टेवा पुग्न थालेको केएर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रतिनिधिहरुले जनाएका छ।

    कृषि जनशक्तीको कमी, अन्य पेशा वा व्यवसायमा लागेको कारणले ठूला तथा मझौला किसानहरु क्रमशः खेतीपाती गर्न छाडदै गएका छन्।

    त्यसैगरी प्राकृतिक रुपमा जलवायु परिवर्तनको प्रभाव, सिंचाईको अभाव, समयमा मल वीउ उपलब्ध नहुनु, सिप र प्रविधिको कमि हुनु जस्ता कारणले समेत जग्गा बांझो रहदै गएको छ।

    यी समस्याहरुलाई सामूहिक रुपमा समाधान गर्नको लागी करार खेतीको अवधारणा अनुसार काम शुरुवात गरिएको हो।

    सिरहाको तत्कालिन गाबिस तथा हालको भगवानपुर गाउँपालिकामा २०७२ साल वैशाखदेखि केएर नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले बाँझो पर्ती जग्गा भाडामा लिई तरकारी तथा अन्नवाली उत्पादन गर्ने र सरकारलाई नीतिगत सुझाव दिंदै यसको वकालत गर्ने उदेश्यका साथ करार खेती संचालन गरिएको थियो।

    मुसहर समुदायका ४० घरधुरी समेटिएको यस कार्यक्रममा प्रत्येक परिवारलाई २/२ कट्ठाको दरले खेती गर्न जग्गा बाँडिएको हो। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका भगवानपुरमा ६० वटा कृषि/पशु समूहहरु छन।

    त्यस मध्ये दलित महिला कृषक समूहले २०७२ साल देखि नै करार खेती भगवानपुर गाउँपालिका भगवानपुरसंगको सहकार्य, नेतृत्व तथा समन्वयको काम गर्दै आएको छ। यो करार खेती संचालनले भगवापुर गाउँपालिकामा सरकारत्मक प्रभाव परेको छ।

    अरु वडाले पनि करार खेती संचालन तथा पहिचानको लागी एक लाख रुपैया बजेट विनियोजन गरिएको छ। भगवानपुर गाउँपलिका वडा नः ५ मा पनि माँ भगवति महिला कृषक समूह र दिना भद्री बाबा महिला कृषक समूहले मिलेर जम्मा ३६ सदाय घरपरिवारले जम्मा ६८ कठ्ठामा धान खेती र ४ कठ्ठामा मुला, तोरीको साग लगाएत तरकारी खेती गरेका छन।

    त्यस्तै वडा नः ३ ले पनि माँ भगवित महिला कृषक समूहले वडा कार्यपालिकाको १ लाखको आर्थिक सहयोग र राष्ट्रिय कृषक समूह महासंघ नेपाल सिरहाको सँयूक्त सहयोगमा सदाय, मोची, पासवान दलित समुदायका महिलाहरुले करार खेती संचालन हाल सम्म गरिराखेका छन्।

    ‘तीन चार वर्ष अगाडी मलाई एक छाक खाना पनि धौ धौ पर्दथ्यो। मेरा छोरीहरुले खाना दिनु भनि म संग माग्दा अहिले पानी खाउ, एकछिनमा खाना पाक्छ, भनि आशा देखाउँदै ती अवोध वालवालिकालाई काँखमा राखि सुम्सुमाउँदै खाली पेट धेरै रात विताउन बाध्य भए।

    यी दुखदायी क्षणहरुलाई स्मरण गर्दै सिरहा भगवानपुरकि ३२ बर्षिया फुलोदेवी सदायले भनिन्,‘म अहिले दूईछाक खाना खाएर पनि आफनो चाहना अनुसारको लुगा लगाउन र मेरा दूईटी छोरीहरुलाई विद्यालय पठाउन सक्ने भएकी छु।

    फुलो देवी सदायको जीवनमा यस्तो परिवर्तन करार खेतीले ल्याएको हो। फुलो देवी सदाय त एक प्रतिनिधि पात्र मात्रै हुन।

    यस्तो दुःख र कष्ठकर दिनहरु काटी जीवनयापनको लागी आवश्यक पर्ने आधारभूत सेवाबाट पनि बन्चित रहेका यी र यस्ता समुदायमा सकारात्मक परिवर्तन आउन सक्छ भन्ने उदाहरण बनेको छ। सिरहा जिल्लाको भगवानपुर गा.पा.का ४० जना मुसहर समुदायद्धारा संचालन गरिएको करार खेतीमा संलग्न छन्।

    फुलोको श्रीमान विष्णु लाल सदायको वि.स. २०६८ सालमा विरामी हुँदा भई औषधी उपचार गर्न नसकेर निधन भएको थियो। भगवानले पनि मलाई नै अन्याय गरी मेरी दूई छोरीहरुलाई टुहुरा बनई मेरो श्रीमानलाई टपक्क टिपेर लग्यो।

    यति भन्दै गर्दा उनले आँशु थाम्नै सकिनन। एक त गरिवी अर्को तर्फ परिवारको भरण पोषण र एक मात्र आशाको किरण उनको श्रीमानको निधनले उनलाई निकै नै मर्माहत तुल्याएको थियो। उनको परिवारको वसोवासको लागी स–साना छाप्राहरु जुन धेरै पुराना भएका छन्।

    त्यही छाप्रो भित्र बस्नु पर्ने बाध्यात्मक अवस्थामा आफनो दिनाचर्या निर्बाह गर्दै आएकी छिन। श्रीमानको निधन हुनु पूर्व उनीहरु दुवै जना ज्याला मजदूरी गर्दै एक आपसमा दुखसुख बाँड्दै जसोतसो उनीहरुको गुजारा चलेको थियो।

    श्रीमानको मृत्यु पश्चात साधारण लेखपढ पनि गर्न नसक्ने ३२ वर्षीय फूलोदेवीको काँधमा ९ वर्षिय जेठी छोरी राधा र ७ वर्षिय किरण सदायको समेत लालनपालन गर्ने जिम्मेबारी थपिएको थियो।

    उनी एक मात्र ज्याला मजदूरी गरी कमाई गर्ने भएकोले काम गरेको दिन खान पाईन्थ्यो नगरेको दिन एक छाक खान पनि गाह्रो हुन्थ्यो। कृषि ज्याला मजदूरी गर्ने काम सँधै पाईँदैन र सँधै गर्न पनि सकिँदैन।

    एक दिन काम गरेको ज्याला (वनि) ५ के.जी. धान पाईन्थ्यो। यसैबाट खाना, लता कपडा, औषधी उपचार, अरु घरायसी व्यवहार धान्न निक्कै गाह्रो थियो। फुलो देवीको भागमा परेको २ कट्ठा जग्गामा उनले उन्नत किसिमले तरकारी र अन्नवाली उत्पादन गर्ने कार्य प्रारम्भ गरेकी थिईन।

    उनले उन्नत तरकारी र धान वाली लगाएर हालसम्म खर्च कटाएर २० हजार १ सय ६१ रुपैयाँ मात्र आम्दानी गर्न सकेकी छिन्।
    यो आम्दानी उनको जीवनको सवै भन्दा धेरे आम्दानी हो भनि उनले वताईन।

    उनलाई प्राप्त भएको आम्दानीबाट दूई छाक खान सक्ने, आफनो चाहना अनुसार आफना बाल बच्चाका लागि लताकपडा किन्न र बालबच्चालाई विद्यालय पढाउन शुरुवात भएको थियो। उनको जेठी छोरी कक्षा ३ र कान्छी छोरी कक्षा २ मा नजिकैको सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन।

    यो समाजमा श्रीमान नभएको एकल महिलालाई बाँच्नका लागी धेरै संघर्ष गर्नुपर्छ साथै बाल बच्चालाई भरणपोषण गर्न झन संघर्ष गर्नुपर्ने कुरा बताउँछिन फुलो सदाय।

    त्यही लडुवती सदाय करार खेतीको आम्दानीबाट श्रीमानलाई बैदेसिक रोजगारमा पठाउन सफल भइन्। विदेशबाट कमाएको पैसाले एक कठ्ठा जमिन किन्न समेत सफल भइन्।

    श्रीमान हरिलाल सदाय बैदेशीक रोजगारमा जान अगावै श्रीमतिलाई करार खेती गर्न सहयोग गर्दै आएका थिए। लडुवती सदायको दुई छोरा र दुई छोरी छन्।

    करार खेती अन्तर्गत उनको जिम्मामा दुई कठ्ठा खेत परेपछि तरकारी खेती गरि उनले एक सिजनमा करिव २५ हजार आम्दानी हात पार्ने गर्छिन्। यसरी आम्दानी हुने देखेपछि थप एक विगहा १० कठ्ठा जग्गा भाडामा लिई अहिले धान, गहुँ र तरकारी खेती गर्दै आएकी छिन।

    त्यस्तै गौरी सदायको कथा भने लडुवती सदायको भन्दा फरक छ। गौरीले करार खेती गर्नैपर्छ भन्दै आफ्नो श्रीमानलाई बैदेशिक रोजगारमा जानबाट रोकेकी थिइन्।

    गौरी सदायको श्रीमान राम विलास सदाय नजिकै रहेको भगवानपुर बजारमा धान चामलको गोदाममा काम गर्दै आएका छन्। उनी विहान वेलुका खेतीपातीको काममा समय दिनेगर्छ।

    साधारण लेखपढ पनि गर्न नसक्ने ३७ वर्षिय गौरी सदाय ३ छोरी र २ छोराको आमा हुन्। गौरीको भागमा परेको दुई कठ्ठा तरकारी खेती गरि एक सिजनमा करिव २५ हजार आम्दानी हात पारे पछि उनी खेतीपाती तर्फ अझ हौसिएकी थिईन।

    यसरी आम्दानी हुनेरहेछ भन्ने उत्साहबाट उनले थप १० कठ्ठा जग्गा भाडामा लिईन र तरकारी खेती गर्न थालेकी छिन्। उनी जस्तै ४० जना मुसहर महिलाहरु ४ विग्हा (२.६७ हे.) जग्गा १० वर्षको लागी लागि प्रति कठ्ठा प्रतिबर्ष दुई हजार दुई सय २२ रुपैया भाडा तिर्ने गरी जग्गा भाडामा लिएका छन।

    माथी उल्लेखित व्यक्तिहरु यस करार खेतीका प्रतिनिधि पात्र मात्र हुन। यस करार खतीले यसमा संलग्न समूहका हरेक सदस्यहरुको जीवनमा केही न कही सकरात्मक परिवर्तन ल्याईदिएको छ।

    वडा नः ५ को वडा सचिव राजेन्द्र प्रसाद यादवले यो काम उपलब्धीमुलक र उदाहनीय काम भएको बताए। भगवापुर गाउँपालिकाको अन्य शिर्षकमा छुटाएको बजेट रु ३ लाख, ४ लाख खर्च गरेर पनि यस्तो काम गर्न सकिदैन।

    तर एकलाख रुपैयाको कम लगानीमा यस्तो काम गर्नु भनेको धेरै नै राम्रो हो। यसलाई हामीले निरन्तरता दिन्छौँ। यसको कार्य विधि अनुुसार हामीले अरु समूहले माग आएमा त्यो समुहमा आवद्ध भएका दलित, साना महिला किसान, सिमान्तकृत किसान, गरिब, विपन्न वर्गमा यो करार खेती संचालन,व्यवस्थापन तथा विस्तार मार्फत सम्माति जिवन यापन गर्ने योजना हामीले राखेका छौँ।

    भगवानपुर गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहयोगमा वडा नः १ बाट शुरु गरेका करार खेती एउटा सफल काम भएको बताउँदै पछाडी परेका दलित, गरिब, विपन्न वर्ग, सिमान्तकृत वर्गहलाई सजिलोसंग जिवनयापन गर्न सहजिकरण भएको बताए।

    दलित महिला कृषक समूहका पदाधिकारीहरुले आफनो बालबच्चालाई पहिले विद्यालय पढन पठाउने सक्दैन थियो तर अहिले करार खेती भएकोहुनाले सजिालोसंग बालबच्चालाई विद्यालय पढाउन सकेको छ।

    नेपालको संविधान मौलिक हक तथा कर्तव्य भाग ३ को धारा ३६ मा दिएका खाद्य अघिकार तथा खाद्य सुरक्षाको लागि नेपाल सरकारले त्यस्तो किसिमको स्रोत साधन परिचालन गराई वहाँहहरुको क्षमताले धान्ने सक्ने किन्ने सक्ने, आफनो खाद्य अधिकार सुनिश्चिता हुने खालको वजार व्यवस्थापनमा पहुँच देखि लिएर सन्तुलित अहारको व्यवस्थापन गर्नु नेपाल सरकारको प्रमुख भुमिका, कर्तव्य, काम रहेको छ।

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
         थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.HimaliSanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    तपाईंको आजको राशीफल ! शेयर गर्नुहोस

    वि.सं. २०७६ साल कार्तिक २६ गते मंगलबार | सन् २०१९ नोभेम्बर १२ तारीख | नेपाल...

    हलेसीतुवाचुङ नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

    रामधन राई खोटाङ २६, २०७६ कार्तिक : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी...

    आमाकै कारण तेक्वान्दो खेलाडी भएँ : रेजिना कार्की

    सिर्जना दुवाल श्रेष्ठ काठमाडौं : म आज खेलाडीका रूपमा चिनिनुमा मेरी ममीको हात छ। अझै...

    वडा सदस्य शाहीले सडक निर्माण रोकेपछि..

    बाँके २५, २०७६ कार्तिक : देशमा २०५४ सालमा भएको स्थानीय निर्वाचन भएको २० बर्षपछि स्थानीय...

    सुरज र दीपाको उत्कृष्ट अभिनयको “मेरै माया जाती” गीत बजारमा [भिडियो सहित]

    काठमाडौ २५, २०७६ कार्तिक : सर्जक दिपक अधिकारीको शब्द सिर्जनामा “मेरै माया जाती” बोलको लोकदोहोरी...