News Portal

कास्की २ मा रबिन्द्रपत्नी विद्यालाई उम्मेदवार बनाउने नेकपाको निर्णय

हिमाली संचार संवाददाता
६६५ पटक

कास्की १६, २०७६ कार्तिक : प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईले उम्मेदवार बनाउने भएको छ।

उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो। झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको थियो।

स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन्। एक सचिवालय सदस्यले अनलाइनखबरसँग भने, ‘कास्की २ मा भट्टराईलाई उम्मेदवार बनाउने कुरा भएको छ। अरु सबै उम्मेदवारको टुंगो लगाएपछि एकसाथ घोषणा हुनेछ।

कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको मात्र नाम सिफरिसगरेको थियो तर गण्डकी प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थपेर केन्द्रमा पठाएको थियो।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कलीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि मंसिर १४ मा कास्की २ मा उपचुनाव हुन लागेको हो।

नेकपाकी उम्मेदवार विद्या दिवंगत नेता अधिकारीकी पत्नी हुन् तर यो उपचुनाव विद्याको राजनीतिमा प्रवेश होइन, पुनरागमन हो। तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसकेकी थिइन्। त्यसबेला रवीन्द्र महासचिव थिए। रवीन्द्रसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिइन्।

पछिल्लो समय आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक पदमा कार्यरत थिइन्। रवीन्द्रको निधनपछि नेकपाका शीर्ष नेताहरु, कार्यकर्ता र शुभचिन्तकले उनलाई राजनीतिमा आउन आग्रह गरे।

उनले पनि चुनाव लड्ने मनस्थिति बनाइसकेकी थिइन् तर एकाएक नेकपा नेता बामदेव गौतमले कास्की २ बाट उपचुनाव लड्न जोड गरेपछि विद्याको उम्मेदवार अन्यौलमा पर्‍यो।

चौतर्फी आलोचनापछि बामदेव पछि हटे र राजनीतिमा विद्याको पुनरागमन पक्का भएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...