News Portal

किन फुटाइदिएकी थिइन्  महराकाे श्रीमतीले मोबाइल !

हिमाली संचार संवाददाता
८४२ पटक

काठमाडौँ – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउपछि मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् ।

उनले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाउने निर्णयमा पुगेको समेत सीताले बयानमा भनेकी छन् ।

सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सिता महराले दिएको बयानमा ‘मिति २०७६ असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा मेरो श्रीमान् कृष्णबहादुर महराले मिति असोज १२ गते परिवर्तित नाम (वृत्त नयाँबानेश्वर–२६(३०)२०६७।०७७ लाई निज पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेज समेत पठाएको भन्ने समचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ,’ सीताको बयानमा उल्लेख छ ।

महराले प्रहरीलाई र सरकारी वकिलको कार्यालयले घटना भएका बेला प्रयोग भएको मोबाइल फोन दिएका थिएनन । उनले घटनापछि आफुले प्रयोग गर्दै आएको मोबाइल फोन फुटेको बताएका थिए ।

सरकारी वकिलको कार्यालयले तयार पारेर अदालतमा दायर भएको अभियोग पत्रको पेज नम्बर १६ मा महरा पत्नी सीताले दिएको घट्ना विवरण उल्लेख छ । जसमा सीताले उक्त मोवाइल आफुले फुटाएको भएतापनि सुरक्षित साथ राखेको तर पछि कोठा सर्ने बेलामा हराएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...