News Portal

किन फुटाइदिएकी थिइन्  महराकाे श्रीमतीले मोबाइल !

हिमाली संचार संवाददाता
७३८ पटक

काठमाडौँ – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउपछि मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् ।

उनले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाउने निर्णयमा पुगेको समेत सीताले बयानमा भनेकी छन् ।

सरकारी वकिलको कार्यालय मार्फत अदालतमा दायर अभियोगपत्रमा महराकी श्रीमती सिता महराले दिएको बयानमा ‘मिति २०७६ असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा मेरो श्रीमान् कृष्णबहादुर महराले मिति असोज १२ गते परिवर्तित नाम (वृत्त नयाँबानेश्वर–२६(३०)२०६७।०७७ लाई निज पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेज समेत पठाएको भन्ने समचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी थिएँ,’ सीताको बयानमा उल्लेख छ ।

महराले प्रहरीलाई र सरकारी वकिलको कार्यालयले घटना भएका बेला प्रयोग भएको मोबाइल फोन दिएका थिएनन । उनले घटनापछि आफुले प्रयोग गर्दै आएको मोबाइल फोन फुटेको बताएका थिए ।

सरकारी वकिलको कार्यालयले तयार पारेर अदालतमा दायर भएको अभियोग पत्रको पेज नम्बर १६ मा महरा पत्नी सीताले दिएको घट्ना विवरण उल्लेख छ । जसमा सीताले उक्त मोवाइल आफुले फुटाएको भएतापनि सुरक्षित साथ राखेको तर पछि कोठा सर्ने बेलामा हराएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...