News Portal

भिडियो रिपोर्टिङ गरेकै भरमा पक्राउ परेका पत्रकार संतोष देउजाले लेखे रिहा भएपछी यस्तो भावुक स्टाटस..

हिमाली संचार संवाददाता
३७६४ पटक

काठमाण्डौं १५, २०७६ कार्तिक : भिडियो रिपोर्टिङ गरेका पत्रकार संतोष देउजा अन्तत: रिहा भएका छन्। कपुरबोट मिडिया प्रालिद्धारा सञ्चालित कपुरबोट यूट्यूब च्यानलका प्रवन्धक देउजा धरौटीमा रिहा भएका हुन्।

आज काठमाण्डौं जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको एकल ईजलासबाट २५ हजार धरौटीमा रिहा भएका हुन्। पत्रकार देउजाको पक्षमा चर्चित अधिवक्ता स्वागत नेपाल र अधिवक्ता पूर्णप्रसाद चिमरियाले बहस गरेका थिए भने विपक्षीको तर्फबाट सरकारी वकिल निरञ्जन स्थापितले बहस गरेका थिए।

डाक्टर दाम्पती निलम–राजेशको विषयमा भिडियो अन्र्तवार्ताको विषयलाई लिएर नेपाल प्रहरीको साईबर ब्युरोमा डा. निलम साह र निरञ्जन प्रसाद साहले पत्रकार देउजा विरुद्ध मुद्दा दर्ता गराएका थिए। साईबर क्राईम मुद्दा दर्ताभए पनि हिरासत नै नबसि उनी आज अदालतमा हाजिर भएका थिए।

अदालतबाट आज नै थुनछेक बहस भई देउजा तारिकमा रिहा भएका हुन्। अधिवक्ता स्वागत नेपालले पत्रकार देउजाको रिहाई सबै सञ्चारकर्मीको जीत भएको प्रतिकृया दिएका छन्। सत्य तथ्य सञ्चार सामाग्री सञ्चारमाध्यममा प्रशारण गरेकौ कारण राज्यद्धारा साईबर क्राईममा झुठा मुद्दा चलाउने कार्य रोकिनुपर्ने समेत बताएका छन्।

रिहा भएपछि पत्रकार देउजाले यस्ताे स्टाटस लेखेका छन्:

“मुद्धा एक प्रकारकाे अनुभव मात्रै नभई सिकाई पछिकाे परिक्षा र पुर्ण कद देखाउने ऐना जस्तै रहेछ। यसबाट मैले मलाई नै हेर्ने र बुझ्ने अवसर प्राप्त गरेकाे छु।
सम्मानित काठमाण्डाैं जिल्ला अदालतकाे आदेशकाे पालना गर्दै याे बिषयमा धेरै नबाेले पनि यति चाहीं भन्न चाहान्छु:-
बिगतमा मासिक ३ हजारकाे जागिरबाट पत्रकारिता सुरु गर्दा देखि हालसम्म कयाै रात भाेकै बिते। चिउरा र पानी मात्र खाएर कयाैं छाक टारें। श्रीमतीकाे राेजाईकाे कपडा किनेर दिन सकिन। बुवा आमालाई खुसी दिन सकिन। नकमाएकै कारण घरबाट श्रीमती सहित निकालिए। तर साहस थियाे। म उठ्नु पर्छ भन्ने लाग्याे। पेशाबाट पलायन भईन। हरेश खाईन। जानेकाे लेख्न र बाेल्न मात्रै थियाे। राताेदिन नभनि यहि पेशामा हाेमिए। स्वदेशमै भए पनि छाेरा-छाेरीकाे न्याश्राे लाग्ने गरि घर छाडेर हिडें। साथी भाईले कति कालाे भएछस् भन्ने गरि घामले डढेर खटें। पकेटमा पैसा नहुदा ऋण गरेर कुदें। मिल्ने साथीहरुलाई समय दिन पाईन। उनिहरु टाढिए। परिस्थितिले थकाउने गरि कुदायाे। तर पनि ईमान्दारिता कहिल्यै छाेडिएन। कसैकाे सित्तैमा चिया पिउन आएन। ऋण लिएर पचाउन आएन। झुठाे बाेलेर फसाउन आएन। कसैकाे चाकडी गरिएन। कसैकाे भर परिएन। त्यसैकाे प्रतिफल म जुन भाेग्दैछु। डाक्टर दम्पतीकाे घटनामा मात्र नभई मेराे एक दशक लामाे पत्रकारिताकाे अवधी भर नै कहिं कसैले म बिरुद्ध अवैध असुलीकाे प्रमाण ल्याईदियाेस् म याे पेशामा मात्र नभई याे देश र संसार छाेड्न तयार छु।”

प्रतिकृया दिनुहोस्

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...