News Portal

भिडियो रिपोर्टिङ गरेकै भरमा पक्राउ परेका पत्रकार संतोष देउजाले लेखे रिहा भएपछी यस्तो भावुक स्टाटस..

हिमाली संचार संवाददाता
३८२९ पटक

काठमाण्डौं १५, २०७६ कार्तिक : भिडियो रिपोर्टिङ गरेका पत्रकार संतोष देउजा अन्तत: रिहा भएका छन्। कपुरबोट मिडिया प्रालिद्धारा सञ्चालित कपुरबोट यूट्यूब च्यानलका प्रवन्धक देउजा धरौटीमा रिहा भएका हुन्।

आज काठमाण्डौं जिल्ला अदालतका न्यायधिश कमलप्रसाद पोखरेलको एकल ईजलासबाट २५ हजार धरौटीमा रिहा भएका हुन्। पत्रकार देउजाको पक्षमा चर्चित अधिवक्ता स्वागत नेपाल र अधिवक्ता पूर्णप्रसाद चिमरियाले बहस गरेका थिए भने विपक्षीको तर्फबाट सरकारी वकिल निरञ्जन स्थापितले बहस गरेका थिए।

डाक्टर दाम्पती निलम–राजेशको विषयमा भिडियो अन्र्तवार्ताको विषयलाई लिएर नेपाल प्रहरीको साईबर ब्युरोमा डा. निलम साह र निरञ्जन प्रसाद साहले पत्रकार देउजा विरुद्ध मुद्दा दर्ता गराएका थिए। साईबर क्राईम मुद्दा दर्ताभए पनि हिरासत नै नबसि उनी आज अदालतमा हाजिर भएका थिए।

अदालतबाट आज नै थुनछेक बहस भई देउजा तारिकमा रिहा भएका हुन्। अधिवक्ता स्वागत नेपालले पत्रकार देउजाको रिहाई सबै सञ्चारकर्मीको जीत भएको प्रतिकृया दिएका छन्। सत्य तथ्य सञ्चार सामाग्री सञ्चारमाध्यममा प्रशारण गरेकौ कारण राज्यद्धारा साईबर क्राईममा झुठा मुद्दा चलाउने कार्य रोकिनुपर्ने समेत बताएका छन्।

रिहा भएपछि पत्रकार देउजाले यस्ताे स्टाटस लेखेका छन्:

“मुद्धा एक प्रकारकाे अनुभव मात्रै नभई सिकाई पछिकाे परिक्षा र पुर्ण कद देखाउने ऐना जस्तै रहेछ। यसबाट मैले मलाई नै हेर्ने र बुझ्ने अवसर प्राप्त गरेकाे छु।
सम्मानित काठमाण्डाैं जिल्ला अदालतकाे आदेशकाे पालना गर्दै याे बिषयमा धेरै नबाेले पनि यति चाहीं भन्न चाहान्छु:-
बिगतमा मासिक ३ हजारकाे जागिरबाट पत्रकारिता सुरु गर्दा देखि हालसम्म कयाै रात भाेकै बिते। चिउरा र पानी मात्र खाएर कयाैं छाक टारें। श्रीमतीकाे राेजाईकाे कपडा किनेर दिन सकिन। बुवा आमालाई खुसी दिन सकिन। नकमाएकै कारण घरबाट श्रीमती सहित निकालिए। तर साहस थियाे। म उठ्नु पर्छ भन्ने लाग्याे। पेशाबाट पलायन भईन। हरेश खाईन। जानेकाे लेख्न र बाेल्न मात्रै थियाे। राताेदिन नभनि यहि पेशामा हाेमिए। स्वदेशमै भए पनि छाेरा-छाेरीकाे न्याश्राे लाग्ने गरि घर छाडेर हिडें। साथी भाईले कति कालाे भएछस् भन्ने गरि घामले डढेर खटें। पकेटमा पैसा नहुदा ऋण गरेर कुदें। मिल्ने साथीहरुलाई समय दिन पाईन। उनिहरु टाढिए। परिस्थितिले थकाउने गरि कुदायाे। तर पनि ईमान्दारिता कहिल्यै छाेडिएन। कसैकाे सित्तैमा चिया पिउन आएन। ऋण लिएर पचाउन आएन। झुठाे बाेलेर फसाउन आएन। कसैकाे चाकडी गरिएन। कसैकाे भर परिएन। त्यसैकाे प्रतिफल म जुन भाेग्दैछु। डाक्टर दम्पतीकाे घटनामा मात्र नभई मेराे एक दशक लामाे पत्रकारिताकाे अवधी भर नै कहिं कसैले म बिरुद्ध अवैध असुलीकाे प्रमाण ल्याईदियाेस् म याे पेशामा मात्र नभई याे देश र संसार छाेड्न तयार छु।”

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...