News Portal

सिद्धार्थ युवा क्लबद्वारा सांस्कृतिक कार्यक्रमको आयोजना

हिमाली संचार संवाददाता
६७२ पटक

रबिन्द्र बराल
मोरङ १४, २०७६ कार्तिक : माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित शनिश्चरेमा रहेको सिद्धार्थ युवा क्लबद्वारा दशै, तिहार तथा छैठ पर्वको अवसर पारेर बृहत सांस्कृतिक प्रतियोगितााकाे आयोजना गरेको थियोे।

उनिहरुले नृत्य, गायन तथा स्थानीय स्तरमा झल्काउने सन्थाल नृत्य समेत गराएका थिए।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सदस्य माननीय शिबनारायण सिंह, रतुवामाई उपप्रमुख दमयन्ता चुडाल, युवा समाजसेवी बलबहादुर बस्नेत, स्थानीय राजेेन्द्र कार्की, वडाध्यक्ष, स्थानीय बुद्धिजीवी लागतयकाे उपस्थिति समेत रहेको थियोे।

कार्यक्रममा प्रमुख अतिथि लगायतका बक्ताहरुले उदयमान युवा समाजसेवी बलबहादुर बस्नेतको समाजमा उल्लेख्य योगदान रहेको समेत बताए।

कार्यक्रममा समाजसेवी बस्नेतले आफू एकाउनौं वर्ष पूरा भएको जानकारी गराउदै क्लबलाई एकाउन्न थान कुर्सी प्रदान गर्ने र सोही स्थानमा रहेको दुर्गा मन्दिर प्राङ्गण र किराँत समाधिस्थलमा खानेपानीका लागि ट्युबवेल जडान गरिदिने समेत बताए।

उक्त सांस्कृतिक कार्यक्रममा प्रथम हुनेे मुनाल आदर्श विद्यासदन सौठालाई नगद १२ हजार, द्वतिय हुने राष्ट्रिय निर्माण इङलिस बोडिङ स्कुल सोमबारेलाई १० हजार रुपैयाँ, तेस्रो हुने होलो क्रस ईङ्लिस बोडिङ स्कुल झुर्कियालाई ८ हजार रुपैयाँ र सान्त्वना हुने सहभागीहरुलाई ५ हजार रुपैयाँ साथै प्रथम हुने समुहको एक जनालाई स्थानीय ब्यापारी दिपेन्द्र निरौलाले थाइल्यान्ड टुर लैजाने समेेत घाेेषणा समेेेत गरेका छन।

कार्यक्रममा बिजयी प्रतियोगीलाई नगद, ट्रफी र प्रमाणपत्र क्लबले बितरण गर्दै सबै अतिथिहरुलाई खादा र मायाको चिनो सहित सम्मान गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...