News Portal

सिद्धार्थ युवा क्लबद्वारा सांस्कृतिक कार्यक्रमको आयोजना

हिमाली संचार संवाददाता
७२५ पटक

रबिन्द्र बराल
मोरङ १४, २०७६ कार्तिक : माेरङकाे रतुवामाई नगरपालिका ६ स्थित शनिश्चरेमा रहेको सिद्धार्थ युवा क्लबद्वारा दशै, तिहार तथा छैठ पर्वको अवसर पारेर बृहत सांस्कृतिक प्रतियोगितााकाे आयोजना गरेको थियोे।

उनिहरुले नृत्य, गायन तथा स्थानीय स्तरमा झल्काउने सन्थाल नृत्य समेत गराएका थिए।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सदस्य माननीय शिबनारायण सिंह, रतुवामाई उपप्रमुख दमयन्ता चुडाल, युवा समाजसेवी बलबहादुर बस्नेत, स्थानीय राजेेन्द्र कार्की, वडाध्यक्ष, स्थानीय बुद्धिजीवी लागतयकाे उपस्थिति समेत रहेको थियोे।

कार्यक्रममा प्रमुख अतिथि लगायतका बक्ताहरुले उदयमान युवा समाजसेवी बलबहादुर बस्नेतको समाजमा उल्लेख्य योगदान रहेको समेत बताए।

कार्यक्रममा समाजसेवी बस्नेतले आफू एकाउनौं वर्ष पूरा भएको जानकारी गराउदै क्लबलाई एकाउन्न थान कुर्सी प्रदान गर्ने र सोही स्थानमा रहेको दुर्गा मन्दिर प्राङ्गण र किराँत समाधिस्थलमा खानेपानीका लागि ट्युबवेल जडान गरिदिने समेत बताए।

उक्त सांस्कृतिक कार्यक्रममा प्रथम हुनेे मुनाल आदर्श विद्यासदन सौठालाई नगद १२ हजार, द्वतिय हुने राष्ट्रिय निर्माण इङलिस बोडिङ स्कुल सोमबारेलाई १० हजार रुपैयाँ, तेस्रो हुने होलो क्रस ईङ्लिस बोडिङ स्कुल झुर्कियालाई ८ हजार रुपैयाँ र सान्त्वना हुने सहभागीहरुलाई ५ हजार रुपैयाँ साथै प्रथम हुने समुहको एक जनालाई स्थानीय ब्यापारी दिपेन्द्र निरौलाले थाइल्यान्ड टुर लैजाने समेेत घाेेषणा समेेेत गरेका छन।

कार्यक्रममा बिजयी प्रतियोगीलाई नगद, ट्रफी र प्रमाणपत्र क्लबले बितरण गर्दै सबै अतिथिहरुलाई खादा र मायाको चिनो सहित सम्मान गरेको थियो।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...