News Portal

युएईको बरदुबईमा खुल्यो नेपाली पसल स्मार्ट सोल्युसन

हिमाली संचार संवाददाता
७५० पटक

आरपी ढुंगाना
युएई २९, २०१९ अक्टोबर : युएईका नेपालीहरुको भेटघाटको केन्द्र मानिएको बरदुबईमा नयाँ नेपाली पसल संचालनमा छ। स्मार्ट सोल्युसन जनरल ट्रेडिङ नामको उक्त पसलमा छुट्टिमा नेपाल जाने नेपालीहरुले लैजाने कोसेली सामग्रीहरु पाइने संचालक सम्पत थापाले जानकारी दिए।

बर दुबईको सपना ज्वेलर्स र सिल्भर स्पुन रेस्टुरेन्ट आसपासमै खोलिएको यो नेपाली पसलमा विभिन्न गुणस्तरका चकलेटहरुका साथै खजुर, पिस्ता, किसमिस, बदाम लगायतमा ड्राइफुडहरु पाइन्छन।

१४ वर्षदेखि युएका विभिन्न होटलहरुमा लेखा, पर्चेज र कस्ट कन्ट्रोल बिभागमा सिनियर अफिसरका रूपमा कार्यरत नवलपुर कावासोतीका सम्पत थापा, एयरपोर्ट फ्रीजोनमा कार्यरत नवलपुर गैंडाकोटका गुणानिधि पाण्डे र नेपालमै लामो समयदेखि व्यावसाय गरिरहेका युवा व्यावसायी गैंडाकोटकै कुलप्रसाद गैरेको संयुक्त लगानी यो पसल स्थापना गरिएको हो।

अन्य स्थानहरुभन्दा गुणस्तरीय र सुपत मुल्यमा सामानहरु बिक्री वितरण गर्ने लक्ष्य लिइएकोले युएईमा रहने नेपालीहरुलाई एकपटक आफ्नो पसलको भ्रमण गर्न संचालकहरुले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...