News Portal

युएईको बरदुबईमा खुल्यो नेपाली पसल स्मार्ट सोल्युसन

हिमाली संचार संवाददाता
८६७ पटक

आरपी ढुंगाना
युएई २९, २०१९ अक्टोबर : युएईका नेपालीहरुको भेटघाटको केन्द्र मानिएको बरदुबईमा नयाँ नेपाली पसल संचालनमा छ। स्मार्ट सोल्युसन जनरल ट्रेडिङ नामको उक्त पसलमा छुट्टिमा नेपाल जाने नेपालीहरुले लैजाने कोसेली सामग्रीहरु पाइने संचालक सम्पत थापाले जानकारी दिए।

बर दुबईको सपना ज्वेलर्स र सिल्भर स्पुन रेस्टुरेन्ट आसपासमै खोलिएको यो नेपाली पसलमा विभिन्न गुणस्तरका चकलेटहरुका साथै खजुर, पिस्ता, किसमिस, बदाम लगायतमा ड्राइफुडहरु पाइन्छन।

१४ वर्षदेखि युएका विभिन्न होटलहरुमा लेखा, पर्चेज र कस्ट कन्ट्रोल बिभागमा सिनियर अफिसरका रूपमा कार्यरत नवलपुर कावासोतीका सम्पत थापा, एयरपोर्ट फ्रीजोनमा कार्यरत नवलपुर गैंडाकोटका गुणानिधि पाण्डे र नेपालमै लामो समयदेखि व्यावसाय गरिरहेका युवा व्यावसायी गैंडाकोटकै कुलप्रसाद गैरेको संयुक्त लगानी यो पसल स्थापना गरिएको हो।

अन्य स्थानहरुभन्दा गुणस्तरीय र सुपत मुल्यमा सामानहरु बिक्री वितरण गर्ने लक्ष्य लिइएकोले युएईमा रहने नेपालीहरुलाई एकपटक आफ्नो पसलको भ्रमण गर्न संचालकहरुले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...