आज : २०२६-०६-०६, शनिबार

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित्यो, भ्यालेन्सिया र लिली बराबर

एजेन्सी : च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।

बुधबार राति च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा चेल्सीले आयाक्सलाई १–० गोलको कठिन जित निकालेको हो।

चेल्सीको जितमा मिची बाट्सुएयीले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफको पनि अन्तिम समयमा गोल गर्दै जित हात पारेको हो।

खेलको ८६ औं मिनेटमा बाट्सुएयीले गोल गर्दै चेल्सीलाई जिताए। त्यस्तै, यही समूहमा भएको अर्को खेलमा भ्यालेन्सिया लिलीसँग १–१ गोलको बराबरीमा रोकिएको छ।