News Portal

एनआरएन विश्व सम्मेलनः कुमार पन्त र कुल आचार्यको भिडन्त

हिमाली संचार संवाददाता
५४५ पटक

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) बीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबै अध्यक्षका उम्मेदवारले प्यानलसहित चुनाव लड्न लागेका हुन् । एनआरएन विधानमा जातीय तथा राजनीतिक आस्थाको आधारमा चुनाव लड्न नपाइने स्पष्ट व्यवस्था भएपनि सो विपरित दुबै अध्यक्षका उम्मेदवारले प्यानलसहित चुनाव लड्न लागेका हुन् । पन्त नेकपा निकट र आचार्य काँग्रेस निकट मानिन्छन् । यद्यपि दुबै समूहका प्यानलबाट फरक पार्टी निकटका समेत उम्मेदवार बनेका छन् ।

यसैक्रममा अध्यक्षका प्रत्यासी आचार्यले सोमबार प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार दिउँसो आचार्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ । उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । तर, सहमतिपछि गुरुङलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष उठेको उनले जानकारी दिए ।

तपाइँको प्यानलले जित्ने आधार के हो भन्ने सञ्चारकर्मीको प्रश्नमा आचार्यले एनआरएनएमा आफ्नो १२ वर्षको अनुभव र संस्थामा पुर्याएको योगदान आफ्नो आधार भएको बताए । उनले अहिलेसम्म आफूले एनआरएनको कुनैपनि चुनाव नहारेको भन्दै यो पटक पनि जित सुनिश्चित रहेको दाबी थरे ।  सो क्रममा उनले आफ्नो १० वटा प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

यस्तै कुमार पन्त प्यानलबाट उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, धर्मराज अधिकारी, हिम्मत थापा, र सपिलाराज भण्डारी (रसिया) उपाध्यक्षको उम्मेदवार हुने भएका छन् । यस्तै महासचिवमा डा हेमराज शर्माको उम्मेदवारी पर्ने निश्चित भएको छ ।

यस्तै सचिवमा सचिव गौरी जोशीको नाम फाइनल हुँदा आरके शर्मा र शिव बरुवालबाट एक जनाको टुंगो लाग्नेछ । यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल, युरोप उपसंयोजक कृष्ण प्रसाद तिमल्सिना उम्मेदवार हुने भएका छन् । पन्त समूहलाई पूर्वअध्यक्षहरुको बलियो समर्थन रहेको बताइन्छ ।

एनआरएन विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । विश्वभर छरिएर रहेका ८० लाख नेपालीको साझा संस्था भएकाले एनआरएन विश्व सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...