News Portal

एनआरएन विश्व सम्मेलनः कुमार पन्त र कुल आचार्यको भिडन्त

हिमाली संचार संवाददाता
४७२ पटक

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) बीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबै अध्यक्षका उम्मेदवारले प्यानलसहित चुनाव लड्न लागेका हुन् । एनआरएन विधानमा जातीय तथा राजनीतिक आस्थाको आधारमा चुनाव लड्न नपाइने स्पष्ट व्यवस्था भएपनि सो विपरित दुबै अध्यक्षका उम्मेदवारले प्यानलसहित चुनाव लड्न लागेका हुन् । पन्त नेकपा निकट र आचार्य काँग्रेस निकट मानिन्छन् । यद्यपि दुबै समूहका प्यानलबाट फरक पार्टी निकटका समेत उम्मेदवार बनेका छन् ।

यसैक्रममा अध्यक्षका प्रत्यासी आचार्यले सोमबार प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार दिउँसो आचार्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ । उपाध्यक्षका उम्मेदवार पौडेल महासचिवका दावेदार थिए । तर, सहमतिपछि गुरुङलाई महासचिवमा समर्थन गरेर आफू उपाध्यक्ष उठेको उनले जानकारी दिए ।

तपाइँको प्यानलले जित्ने आधार के हो भन्ने सञ्चारकर्मीको प्रश्नमा आचार्यले एनआरएनएमा आफ्नो १२ वर्षको अनुभव र संस्थामा पुर्याएको योगदान आफ्नो आधार भएको बताए । उनले अहिलेसम्म आफूले एनआरएनको कुनैपनि चुनाव नहारेको भन्दै यो पटक पनि जित सुनिश्चित रहेको दाबी थरे ।  सो क्रममा उनले आफ्नो १० वटा प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

यस्तै कुमार पन्त प्यानलबाट उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, धर्मराज अधिकारी, हिम्मत थापा, र सपिलाराज भण्डारी (रसिया) उपाध्यक्षको उम्मेदवार हुने भएका छन् । यस्तै महासचिवमा डा हेमराज शर्माको उम्मेदवारी पर्ने निश्चित भएको छ ।

यस्तै सचिवमा सचिव गौरी जोशीको नाम फाइनल हुँदा आरके शर्मा र शिव बरुवालबाट एक जनाको टुंगो लाग्नेछ । यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल, युरोप उपसंयोजक कृष्ण प्रसाद तिमल्सिना उम्मेदवार हुने भएका छन् । पन्त समूहलाई पूर्वअध्यक्षहरुको बलियो समर्थन रहेको बताइन्छ ।

एनआरएन विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । विश्वभर छरिएर रहेका ८० लाख नेपालीको साझा संस्था भएकाले एनआरएन विश्व सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...