News Portal

नेकपा कैलाली अध्यक्ष थापाको तेस्रो महिलासंगको प्रेमलिला सार्वजनिक [भिडियो सहित]

तिमीसंग हुनुपर्ने सबै भइसकेको छ अव फेरि कस्तो माया गर्ने !

हिमाली संचार संवाददाता
७३४ पटक

२७ असोज २०७६ कैलाली : भन डार्लिङ। किन फोन काटेको ? छोरा आएको थियो वोलाउन त्यसैले फोन काटेको के। घर नजिकैको होटलमा अलिअलि खाँदैछु । बुढी कता छन ? बुढी घरमै छिन।

यो सम्वाद गर्नेलाई व्यभीचारी भन्ने कि नभन्ने। यो टेलिफोन सम्वादको अंश हो। सम्वाद अनुसार कुरा गर्ने पुरुषको छोरा र श्रीमति समेत भएको स्पष्ट छ।

यो सम्वाद कुनै अल्लारे केटाकेटीबिचको होइन प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा १० सिट भएको मुलुकै ठूलो मानिने कैलाली जिल्लाका नेकपाका अध्यक्ष रतन थापा र उनकै भनाइ अनुसारकी उनकै प्रेमिकाको हो। थापा सुदूरपश्चिम प्रदेश सभाका सदस्य समेत हुन।

दुई श्रीमतिमा र पाँच सन्तानका धनी रहेका थापाको टेलिफोन सम्वाद यत्तिकैमा रोकिदैन उनकी प्रेमिका भनिएकी महिला भन्छिन रक्सी खाएको वेला मात्रै याद गर्ने माया व्यवहारमा देखाउनु पर्यो। थापाको जवाफ हुन्छ मेरो जीवनमा तिमी बाहेक अरु कोही छैन। तिमीसंग हुनुपर्ने सबै भइसकेको छ अव फेरि कस्तो माया गर्ने। फेरि महिला भन्छिन माया भनेको त्यत्ति मात्रै हो र ?

म हजुरले बोलाएको बेला सँधै आउछु हजुर आउनु हुन्न ती महिलाको गुनासोमा थापा भन्छन हजुर जस्तो जहाजमा आइरहने पैसा मसित कहाँ छ। फेरि आफै भन्छन ल ल हजुर जैले भनिबक्सिन्छ म आउछु। ती महिलाले फेरि भन्छिन म भोली नै आउनु भन्छु सांसद थापाको जवाफ हुन्छ ल ल टिकट पाए भोली नै आउछु।

म साथीहरुसित छु भन्दै थापाले सबै चिज गरिसकेको छु अव कस्तो माया चाहियो भन्दा महिला अरुको अघि आफ्नो पोल खोलेकोले होला रिसाएर फोन काट्छिन। अनि थापा आफ्ना रक्सी पाटनरसित भन्छन महिलाहरु आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउछन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

यो महिला अरवपति छ, नेवार समूदायकी हो निक्कै राम्री पनि छ। यिनीहरुको अष्ट्रेलियातिर समेत कारोवार छ। श्रीमान छैन एक छोरी छ। मैले नेपालगञ्ज आउ भन्ने वित्तिकै काठमाडौबाट जहाजको टिकट काटेर आइहाल्छ उनले आफ्ना साथीहरुलाई ठूलो गर्वका साथ सुनाउछन।

फोनमा बारबार ती महिलाले माया नगरेको गुनासो गर्छिन। सांसद थापाले उनलाई जवाफ दिदै भन्छन् मैले कम माया गरेको छु र ? महिलाले आफ्नो पैसा व्याजमा लगाउन सहयोग नगरेको गुनासो समेत गरेकी छन।

दुई विवाह गरेका थापाले जेठी श्रीमति र दुई छोरालाई अंश समेत नदिएर अलपत्र पारेका छन भने कान्छी श्रीमति टीका थापालाई लम्की चुँहा नगरपालिकाको उपमेयर बनाएका छन।

केही महिना अघिको थापा र उनकी प्रेमिकाको यो अडियो अहिले कैलालीका नेकपाका कार्यकर्ताको हातहातमा छ। सबैको प्रश्न छ प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा महिलासंग जोडिने वित्तिकै नेकपाले उनको राजीनामा माग्यो। के अव थापाको पनि राजिनामा मागिएला ? (बन्नीगढीटुडेबाट)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...