News Portal

नेकपा कैलाली अध्यक्ष थापाको तेस्रो महिलासंगको प्रेमलिला सार्वजनिक [भिडियो सहित]

तिमीसंग हुनुपर्ने सबै भइसकेको छ अव फेरि कस्तो माया गर्ने !

हिमाली संचार संवाददाता
८११ पटक

२७ असोज २०७६ कैलाली : भन डार्लिङ। किन फोन काटेको ? छोरा आएको थियो वोलाउन त्यसैले फोन काटेको के। घर नजिकैको होटलमा अलिअलि खाँदैछु । बुढी कता छन ? बुढी घरमै छिन।

यो सम्वाद गर्नेलाई व्यभीचारी भन्ने कि नभन्ने। यो टेलिफोन सम्वादको अंश हो। सम्वाद अनुसार कुरा गर्ने पुरुषको छोरा र श्रीमति समेत भएको स्पष्ट छ।

यो सम्वाद कुनै अल्लारे केटाकेटीबिचको होइन प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा १० सिट भएको मुलुकै ठूलो मानिने कैलाली जिल्लाका नेकपाका अध्यक्ष रतन थापा र उनकै भनाइ अनुसारकी उनकै प्रेमिकाको हो। थापा सुदूरपश्चिम प्रदेश सभाका सदस्य समेत हुन।

दुई श्रीमतिमा र पाँच सन्तानका धनी रहेका थापाको टेलिफोन सम्वाद यत्तिकैमा रोकिदैन उनकी प्रेमिका भनिएकी महिला भन्छिन रक्सी खाएको वेला मात्रै याद गर्ने माया व्यवहारमा देखाउनु पर्यो। थापाको जवाफ हुन्छ मेरो जीवनमा तिमी बाहेक अरु कोही छैन। तिमीसंग हुनुपर्ने सबै भइसकेको छ अव फेरि कस्तो माया गर्ने। फेरि महिला भन्छिन माया भनेको त्यत्ति मात्रै हो र ?

म हजुरले बोलाएको बेला सँधै आउछु हजुर आउनु हुन्न ती महिलाको गुनासोमा थापा भन्छन हजुर जस्तो जहाजमा आइरहने पैसा मसित कहाँ छ। फेरि आफै भन्छन ल ल हजुर जैले भनिबक्सिन्छ म आउछु। ती महिलाले फेरि भन्छिन म भोली नै आउनु भन्छु सांसद थापाको जवाफ हुन्छ ल ल टिकट पाए भोली नै आउछु।

म साथीहरुसित छु भन्दै थापाले सबै चिज गरिसकेको छु अव कस्तो माया चाहियो भन्दा महिला अरुको अघि आफ्नो पोल खोलेकोले होला रिसाएर फोन काट्छिन। अनि थापा आफ्ना रक्सी पाटनरसित भन्छन महिलाहरु आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउछन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

यो महिला अरवपति छ, नेवार समूदायकी हो निक्कै राम्री पनि छ। यिनीहरुको अष्ट्रेलियातिर समेत कारोवार छ। श्रीमान छैन एक छोरी छ। मैले नेपालगञ्ज आउ भन्ने वित्तिकै काठमाडौबाट जहाजको टिकट काटेर आइहाल्छ उनले आफ्ना साथीहरुलाई ठूलो गर्वका साथ सुनाउछन।

फोनमा बारबार ती महिलाले माया नगरेको गुनासो गर्छिन। सांसद थापाले उनलाई जवाफ दिदै भन्छन् मैले कम माया गरेको छु र ? महिलाले आफ्नो पैसा व्याजमा लगाउन सहयोग नगरेको गुनासो समेत गरेकी छन।

दुई विवाह गरेका थापाले जेठी श्रीमति र दुई छोरालाई अंश समेत नदिएर अलपत्र पारेका छन भने कान्छी श्रीमति टीका थापालाई लम्की चुँहा नगरपालिकाको उपमेयर बनाएका छन।

केही महिना अघिको थापा र उनकी प्रेमिकाको यो अडियो अहिले कैलालीका नेकपाका कार्यकर्ताको हातहातमा छ। सबैको प्रश्न छ प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा महिलासंग जोडिने वित्तिकै नेकपाले उनको राजीनामा माग्यो। के अव थापाको पनि राजिनामा मागिएला ? (बन्नीगढीटुडेबाट)

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...