News Portal

छत्र सुब्बा अन्तर्राष्ट्रिय झापाली समाज’को अध्यक्षमा निर्वाचित

हिमाली संचार संवाददाता
८५५ पटक

झापा : झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन्। झापाको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी ओली र दिनेश पोख्रेल, वरिष्ठ उपाध्यक्षमा दिपक खनाल, उपाध्यक्ष क्षेत्रीय संयोजक एशिया प्यासिफिक कृष्ण चापागाई, ओसियाना दिपक चुडाँल, यूरोप ललित न्यौपाने, अमेरिका मुकुन्द ढुंगाना चुनिएका छन्।

यस्तै, सहसंयोजकहरुमा क्रमशः मध्यपूर्वबाट राजन कार्की, अमेरिका बादल भुजेल चुनिए। यसैगरि महासचिवमा खेमराज जमरकट्टेल र सदस्यहरुमा तिर्थराज कार्की, रिता थलङ र दुर्गा प्याकुरेल निर्वाचित भएको जनाईएको छ।

नयाँ नेतृत्व चयन गर्न प्रमोद सिटौलाको संयोजकत्वमा रुपराज मैनाली र राजु थापा रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

‘सम्वृद्धि झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नाराका साथ भएको अधिबेशनको प्रदेश १ का आन्न्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए।

उद्घाटनका अवसर समाजले झापाको कमल गाउँपालिकामा रहेको बाढीपीडित मिस्त्री बस्तीका ९ परिवारलाई घर, कचनकवल गाउँपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडलाई एक, एक वटा एम्बुलेन्स दिनुका साथै झापा गाउँपालिकास्थित भृकुटी आधारभूत विद्यालयमा भवन निर्माण गरि चाँवी हस्तान्तरण गरिएको थियो ।

आगामी वर्ष जिल्लाका विभिन्न क्षेत्रमा रु १ अर्व रुपैयाको सामाजिक काम गर्ने योजना समेत रहेको संरक्षक दिनेश पोख्रेलले वताए ।

अधिबेशनमा समाजमा आवद्ध दुई सय बढी प्रतिनिधि,पर्यवेक्षकको सहभागिता रहेको थियो । समाजले हालसम्म विश्वका ३४ देशमा आफना सञ्जाल विस्तार गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...