News Portal

जापानमा शक्तिशाली आँधी, नेपालीहरु सुरक्षित स्थानमा..

हिमाली संचार संवाददाता
९२७ पटक

१३ अक्टोबर २०१९ टोकियो : जापानमा आएको शक्तिशाली आँधीबाट नेपालीहरु हताहत नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए।

‘हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ अनलाइनखबरसँगको टेलिफोन सम्पर्कमा अर्यालले भने, ‘यहाँको राति ११ बजेसम्म कुनै पनि नेपाली हातहत भएको खबर छैन।’ उनले आँधी प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको अवस्था बुझ्ने क्रम जारी रहेको पनि बताए।

शक्तिशाली आँधीका कारण जापानमा बसोबास गर्नेहरु प्रभावित छन्। सन् १९५८ यताकै सबैभन्दा ठूलो भनिएको हगिबीस आँधीबाट राजधानी टोकियोसहित नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएका छन्।

जापानमा करिब ९० हजार नेपाली रहेको दूतावासका अधिकारीहरु बताउँछन्। २१६ किलोमिटर प्रतिघन्टाको आँधीका कारण टोकियो शहरसहितका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ।

उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन्। अधिकार क्षेत्र जलमग्न छन्। झन्डै ५१ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यसै आँधीका कारण टोकियोको पूर्वमा पर्ने चिबा भन्ने ठाउँमा मिनिट्रक दुर्घटना हुँदा ४९ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...