News Portal

अभिनेत्री अमिषा पटेललाई पक्राउपुर्जी

हिमाली संचार संवाददाता
९०३ पटक

एजेन्सी : बलिउड अभिनेत्री अमिषा पटेल अब समस्यामा परेकी छिन्। उनले ठगी गरेको आरोपमा परेको मुद्दामा अदालतले उनको विपक्षमा फैसला गरेको छ। उनले पैसा लिएर चेक दिएको तर चेक बाउन्स भएको मुद्दा परेको थियो।

अदालतले उनीविरुद्ध पक्राउ पुर्जी दिएको छ। अब भारतीय प्रहरीले उनलाई पक्राउ गर्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

यसका लागि राँचीको प्रहरी मुम्बई पनि पुगिसकेको छ। अब जमानतका लागि अमिषालाई भारतीय अदालतमा पुग्नुपर्ने हुनसक्छ।

अमिषालाई अजय सिंहले आफूले दिएको पैसा फिर्ता नगरेको आरोप लगाएका हुन्। अजयले एउटा फिल्म बनाउनका लागि अमिषालाई साढेँ दुई करोड दिएका थिए तर, यो फिल्म नबन्ने भयो।

उनले अमिषासँग पैसा फिर्ता मागे। अमिषाले पैसा फिर्ता माग्दा चेक दिएको तर ती चेक नसाटिएको उजुरी अजयले प्रहरीमा दिएका थिए।

अमिषाले आफ्ना कुरा राख्न अदालतमा पनि नगएकाले उनी समस्यामा पर्ने जनाईएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...