News Portal

मंसिर १४ गते हुने उपचुनावका लागि मतदाता नामावली र केन्द्रको टुंगो लाग्यो

हिमाली संचार संवाददाता
८८८ पटक

२४ असोज २०७६, काठमाण्डाै : निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावको लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लगाएको छ।

आयोगले उपचुनाव हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो।

उपचुनावका लागि ४ लाख ५४ हजार १ सय १४ जना मतदाताको नामावली टुंगो लगाएको आयोगले जनाएको छ।

प्रतिनिधि सभा सदस्यको चुनाव हुने कास्कीमा क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेश सभा चुनाव हुने भक्तपुरमा ४५ हजार, बाग्लुङ्गमा ३६ हजार ९ सय र दाङमा ७३ हजार १ सय मददाता छन्।

यस्तै आयोगले उपचुनावका लागि मतदान केन्द्र पनि तोकेको छ। मतदान केन्द्र तोक्दा बढीमा १ हजार १ सय मतदाताका लागि १ मतदान केन्द्र रहनेगरी तोकिएको छ।

उपचुनाव हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र रहेका छन।

मंसिर १४ गते एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश सभा सदस्य, १ नगरपालिका प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, एक जना गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी ५२ पदका लागि उपचुनाव हुँदैछ। उज्यालो

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...