News Portal

मंसिर १४ गते हुने उपचुनावका लागि मतदाता नामावली र केन्द्रको टुंगो लाग्यो

हिमाली संचार संवाददाता
७६१ पटक

२४ असोज २०७६, काठमाण्डाै : निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावको लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लगाएको छ।

आयोगले उपचुनाव हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो।

उपचुनावका लागि ४ लाख ५४ हजार १ सय १४ जना मतदाताको नामावली टुंगो लगाएको आयोगले जनाएको छ।

प्रतिनिधि सभा सदस्यको चुनाव हुने कास्कीमा क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेश सभा चुनाव हुने भक्तपुरमा ४५ हजार, बाग्लुङ्गमा ३६ हजार ९ सय र दाङमा ७३ हजार १ सय मददाता छन्।

यस्तै आयोगले उपचुनावका लागि मतदान केन्द्र पनि तोकेको छ। मतदान केन्द्र तोक्दा बढीमा १ हजार १ सय मतदाताका लागि १ मतदान केन्द्र रहनेगरी तोकिएको छ।

उपचुनाव हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र रहेका छन।

मंसिर १४ गते एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश सभा सदस्य, १ नगरपालिका प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, एक जना गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी ५२ पदका लागि उपचुनाव हुँदैछ। उज्यालो

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...