News Portal

उपमेयरले दसैंको टीका लगाएर यसरी पितालाई खुट्टा ढोक्न लगाएपछि..

हिमाली संचार संवाददाता
८०० पटक

२३ असोज २०७६ बाँके :  नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा मगर चर्चामा आएकी छन्। चर्चा मात्र हैन विवादमै तानिएकी छन्।

उपमेयर उमाले दसैंको टीका लगाएर आफ्नाे पिताजीले अस्वभाविक तरिकाले खुट्टा ढोकेको फोटो आफ्नाे फेसबुकमा राखेेका थिइन्।

अहिले फेसबुक प्रयोगकर्ताहरुले उक्त फोटोमा कमेन्ट र सेयर गरिरहेका छन्। कतिपयले अति भो, अचम्म भन्दै कमेन्ट गरिरहेका छन्।

आफ्नाे फोटो विवादमा आएपछि उनले उक्त फोटो भने एकाउन्टबाट हटाएकी छन्। अन्य फोटो जस्ताको तस्तै छन्।

हुन त मगर समुदायमा दसैंमा टीका लगाएर छोरीचेलीलाई ठूलाले नै ढोक्ने चलन रहेको छ। अन्य आदिवासी जनजातिमा पनि छोरीचेलीलाई ढोक्ने चलन छ।

आफ्नो परम्परा र चलनअनुसार ठूलाबडालाई ढोक्न लाउनु स्वभाविक हो तर उपमेयर जस्तो गरिमामय पदमा बसेको व्यक्तिले आफ्नाे पदीय हैसियत नै भुलेर सामाजिक उश्रृंखलता र विकृति विसंगति मच्चाउने खालको काम गर्न सुहाउँदैन।


नेतृत्व अनुकरणीय हुनुपर्ने हो, तर यस्तो नेतृत्वको चालचलन र व्यवहारलाई कसरी अनुकरण गर्न सकिन्छ ? नेपालगञ्ज उपमहानगरका जनताले कस्ता व्यक्तिलाई जनप्रतिनिधि बनाएछन् ?

हामीले कस्ता व्यक्तिलाई आफ्नाे प्रतिनिधि चुन्दैछौ भन्नेबारे बारम्बार सोंच्नुपर्ने भएको छ, सोचिरहनुपर्नेछ। तेमालखबरबाट।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...