News Portal

छोरा, मातृभूमिको ऋण तिरि सकिन्न, नेपाल र नेपालीका लागि सधैँ लाग्नु !

हिमाली संचार संवाददाता
८४६ पटक

२२ असोज २०७६ ललितपुर : गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कुल आचार्यले आमा ८७ वर्षीया नन्दकला आचार्यको हातबाट टीका ग्रहण गरेका छन्।

ललितपुरको सानेपा हाइटस्थित निवासमा उपाध्यक्ष आचार्यले आमा नन्दकलाबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरेका हुन्।

करिव तीन दशकअघि श्रीमान् गुमाएकी नन्दकलाले गैरआवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी आचार्यले गरेको संघर्ष पनि स्मरण गरिन्।

‘बाबु, तिमीले धेरै दुःख, कष्ट र संघर्ष गरेका छौं, विदेशमा धेरै नेपाली मान्छे कष्टमा परेका छन् भन्ने सुनेकी छु,’ नन्दकलाले आशिष दिँदै भनिन्, ‘विदेशमा काम गर्ने हरेक नेपालीको संघर्ष आफ्नै ठानेर सहयोग गर्नु, त्यतिभए पुग्छ।

आचार्यकी आमाले जहाँ पुगे पनि नेपालका लागि काम गर्न सुझाव पनि दिइन्। ‘म तिम्री आमा, नेपाल सबैकी आमा,’ उनले भनिन्, ‘आफू जन्मेको माटोको ऋण कहिल्यै तिरिसकिँदैन त्यसैले सधैँ नेपालको उन्नतिका लागि काम गर्नु।

आचार्यका बुवा ज्योतिष एवम् पण्डित धर्मनाथ उपाध्याय पर्वतको धाइरिङका सामाजिक अभियन्ता पनि थिए। बुवाको निधनपछि आचार्यकै काँधका पारिवारिक जिम्मेवारी आएको थियो।

‘मेहनत गरे अनुसार मेरा छोराले सफलता पाएको छ, अब (गैरआवासीय नेपाली संघ एनआरएनएको) अध्यक्ष बन्छु भन्दै छ,’ नन्दकलाले भनिन्, ‘मेरो आशिर्वाद छ छोरालाई, यतिञ्जेल सबैको भलो गरिरहेको छ, अब पनि त्यसरी नै अघि बढ्न पुगोस्।

छोराको संघर्षलाई सझिँदा नन्दकला अलिकति भावुक पनि भइन्। तर, छोराले आफ्नो सदिक्षा अनुसार काम गरेको देख्दा उनलाई खुशी लाग्दोरहेछ।

‘मेरो छोरा सानैदेखि बुझ्ने, भनेको मान्ने हो, अब त झन् ठूलो ठाउँमा पुगेको छ,’ उनले भनिन्, ‘जे गर्छ, सबैको हितमै काम गर्न भन्नेमा ढुक्क छु।

गत साता काठमाडौं आइपुगेका आचार्यले अघिल्लो वर्ष पनि नेपालमै दशैं मनाएका थिए। ‘जहाँ पुगे पनि चाडपर्वमा आमाको आशिर्वाद लिएर मनाउन मन लाग्छ, त्यसैले सबै काम छोडेर पनि नेपाल आउछु,’ आचार्यले भने।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...