News Portal

झापाको गौरादह महोत्सवमा जुवाजन्य खेल सञ्चालन, प्रहरी प्रशासन मौन !

हिमाली संचार संवाददाता
६१६ पटक

राजु पोखरेल
२१ असोज २०७६ दमक : झापाको गौरादहमा सुरु दशै महोत्सव २०७६ मा प्रतिबन्धित खेलहरु सञ्चालन भइरहेपनि प्रहरी प्रशासनले मौनता साँधेको पाइएको छ।

मेला सञ्चालनको अनुमती लिँदा मनोरञ्जनात्मक, सांगीतिक कार्यक्रमसहित खेल, तमासा, पिङ आदि सञ्चालन गर्ने भनिएपनि हाल कानुनले वर्जित गरेका जुवाजन्य खेलसमेत खेलाइने गरेको प्रत्यक्षदर्शी बताउँछन्।

स्थानीय गौरादह उवासङले आफ्नो सहयोगार्थ सञ्चालन गरेको रमाइलो मेलामा दिनहुँ राति १० बजेसम्म खुलमखुल्ला डाइसजन्य खेल हुँदै आएको पाइएको हो।

प्रहरीले मेलाको सुरक्षा व्यवस्था राम्रो बनाउन रातिपख दर्जनौँ प्रहरी तैनाथ बसेपनि उनीहरु मेलामा गैरकानुनी काम भएको थाहा पाउँदैनन्।

उनीहरु ठेकादारसँग उठ्ती लिँदै रमिता हेरेर बस्ने गरेको स्रोतको दावी छ। स्रोत भन्छ, ‘प्रहरीले सुरक्षा दिने बहानमा अवैध रकम उठाउँदै आएको छ। अहिले चलिरहेको मेलामा पनि प्रतिबन्धित जुवाजन्य खेल भइरहेको चर्चाले क्लबको विश्वसनीयतामा गम्भिर प्रश्न उठाएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले अनुमती लिएर स्थानीय प्रशासनकै संरक्षणमा मेला आयोजना गर्दा प्रशासनले कतिपनि सुरक्षामा संवेदनशिलता नअपनाएको स्थानीयहरु बताउँछन्।

राती १०-११ बजे सम्म मेला लाग्दा जिल्लाको सुरक्षा चुनौती थपिएको स्थानीय बताउँछन्। चाड पर्वको समयमा राती अबेर सम्म मेला संचालन हुदा हुन सक्ने अप्रिय घटनाप्रति कतिपनि स्थानीय प्रशासन संबेदनशिल नदेखिएको यता रमाईलो मेलाको नाममा खुलेआम रुपमा जुवा जन्य खेलहरु खेलाउदा समेत प्रशासनले ध्यान दिन सकेको छैन।

विगतमा यहा हुने मेलाहरुमा कुनै जुवाजन्य खेलहरु खेलाएमा मेलानै बन्द गर्ने सम्म आँट स्थानीय प्रशासनले गर्ने गरे पनि यस पटक संचालन गरेको मेलामा भने खुलेआम जुवाजन्य खेल संचालन गर्दा प्रशासनको मौनता देखिएको स्थानीय सर्वसाधारणहरु बताउछन्।

सामाजिक काममा सबैले सहयोग गर्छन आयोजकलाइ जुवा नै खेलाउनु पर्ने के आइ लाग्यो ? प्रश्न खडा भएको छ ?

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...