News Portal

झापाको गौरादह महोत्सवमा जुवाजन्य खेल सञ्चालन, प्रहरी प्रशासन मौन !

हिमाली संचार संवाददाता
७०४ पटक

राजु पोखरेल
२१ असोज २०७६ दमक : झापाको गौरादहमा सुरु दशै महोत्सव २०७६ मा प्रतिबन्धित खेलहरु सञ्चालन भइरहेपनि प्रहरी प्रशासनले मौनता साँधेको पाइएको छ।

मेला सञ्चालनको अनुमती लिँदा मनोरञ्जनात्मक, सांगीतिक कार्यक्रमसहित खेल, तमासा, पिङ आदि सञ्चालन गर्ने भनिएपनि हाल कानुनले वर्जित गरेका जुवाजन्य खेलसमेत खेलाइने गरेको प्रत्यक्षदर्शी बताउँछन्।

स्थानीय गौरादह उवासङले आफ्नो सहयोगार्थ सञ्चालन गरेको रमाइलो मेलामा दिनहुँ राति १० बजेसम्म खुलमखुल्ला डाइसजन्य खेल हुँदै आएको पाइएको हो।

प्रहरीले मेलाको सुरक्षा व्यवस्था राम्रो बनाउन रातिपख दर्जनौँ प्रहरी तैनाथ बसेपनि उनीहरु मेलामा गैरकानुनी काम भएको थाहा पाउँदैनन्।

उनीहरु ठेकादारसँग उठ्ती लिँदै रमिता हेरेर बस्ने गरेको स्रोतको दावी छ। स्रोत भन्छ, ‘प्रहरीले सुरक्षा दिने बहानमा अवैध रकम उठाउँदै आएको छ। अहिले चलिरहेको मेलामा पनि प्रतिबन्धित जुवाजन्य खेल भइरहेको चर्चाले क्लबको विश्वसनीयतामा गम्भिर प्रश्न उठाएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले अनुमती लिएर स्थानीय प्रशासनकै संरक्षणमा मेला आयोजना गर्दा प्रशासनले कतिपनि सुरक्षामा संवेदनशिलता नअपनाएको स्थानीयहरु बताउँछन्।

राती १०-११ बजे सम्म मेला लाग्दा जिल्लाको सुरक्षा चुनौती थपिएको स्थानीय बताउँछन्। चाड पर्वको समयमा राती अबेर सम्म मेला संचालन हुदा हुन सक्ने अप्रिय घटनाप्रति कतिपनि स्थानीय प्रशासन संबेदनशिल नदेखिएको यता रमाईलो मेलाको नाममा खुलेआम रुपमा जुवा जन्य खेलहरु खेलाउदा समेत प्रशासनले ध्यान दिन सकेको छैन।

विगतमा यहा हुने मेलाहरुमा कुनै जुवाजन्य खेलहरु खेलाएमा मेलानै बन्द गर्ने सम्म आँट स्थानीय प्रशासनले गर्ने गरे पनि यस पटक संचालन गरेको मेलामा भने खुलेआम जुवाजन्य खेल संचालन गर्दा प्रशासनको मौनता देखिएको स्थानीय सर्वसाधारणहरु बताउछन्।

सामाजिक काममा सबैले सहयोग गर्छन आयोजकलाइ जुवा नै खेलाउनु पर्ने के आइ लाग्यो ? प्रश्न खडा भएको छ ?

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...