News Portal

टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने अमेरिकी राष्ट्रपतिकाे चेतावनी

हिमाली संचार संवाददाता
८०२ पटक

८ अक्टोबर २०१९ एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन्। ट्रम्पले उत्तर–पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने निर्णयबाट टर्कीले फाइदा उठाउन खोजे त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका हुन्।

टर्कीले सीमा पार सिरियाली भूभागमा रहँदै आएको कुर्द फौजमाथि हमला गर्ने योजना गरिरहेको छ। अंकाराका यो पहिलेदेखिकै चाहाना हो। ट्रम्पले अङ्काराले ज्यादती गरे उसको अर्थतन्त्र सखाप पारिदिने चेतावनी दिएका छन्।

उनले धेरैलाई आश्चर्यमा पारेको निर्णयको बचाउ गर्दै अमेरिकी फौजलाई घर फिर्ता ल्याउन खोजेको बताएका छन्। सरकारको सो निर्णयका विपक्षी डेमोक्र्याटिक पार्टी मात्रै नभएर सत्तारुढ दल रिपब्लिकन पार्टीभित्रैबाट समेत चर्को विरोध भएको छ।

सिरियामा इस्लामिक स्टेट आइएसलाई पराजित गर्ने लडाइँमा कुर्दिश फौज अमेरिकी नेतृत्वको गठबन्धनको एक मुख्य सहयोगी थियो। सिरियामा अमेरिकाका करिब १ हजार फौज छन्।

विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार सीमा क्षेत्रबाट दुई दर्जन फिर्ता लगिसकिएको छ। अमेरिकी सेना फिर्ता लगिने निर्णयलाई प्रमुख कुर्द समूहले ’पीठमा छुरा’ हानिएकोसँग तुलना गरेको छ।

यसबीच अमेरिकी फौज फिर्ता भएको ठाउँहरूमा कुर्दिश फौजले आफ्ना लडाकू तैनाथ गर्न थालेको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...