News Portal

हाम्राकुरा डटकमका सम्पादक अजयवावु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’

हिमाली संचार संवाददाता
७९९ पटक

२१ असोज २०७६ काठमाडौं : हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको हो।

सम्पादक शिवाकोटीलाई ईन्जाका निर्देशक किशोर सापकोटाले फोन सम्पर्क समेत गरि पुरस्कार दिइने निर्णय भएको जानकारी गराएका थिए। ईन्जा अमेरिकाको वासिंङ्टन डिसी, अमेरिकामा मुख्यालयमा रहेको नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल हो।

हाम्राकुराका सम्पादक शिवाकोटीले पुरस्कार दिने निर्णयप्रति आभार प्रकट गर्दै यसले थप जिम्मेवार भएर पत्रकारीता गर्न प्रेरित गर्ने बताए। आफ्नो दुई दशक लामो पत्रकारीतामा पहिलो पुरस्कार पाएको उल्लेख गर्दै शिवाकोटीले यो पुरस्कारले देश र जनताको पक्षमा रहेर पत्रकारीता गर्ने आफ्नो अभियानलाई अझ उत्साहित गरेको बताएका छन्।

ईन्जाले प्रेस विज्ञप्ती निकाल्दै शिवाकोटीलाई पुरस्कार दिने घोषणा गरेको छ। ईन्जाले निकालेको विज्ञप्तीको पूर्ण पाठ यस प्रकार रहेको छ।

प्रेस वक्तव्य

‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्राकुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरिने।

मितिः अक्टोवर ७, २०१९
वाशिंगटन डि.सि

नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ । ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७, २०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो ।

नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुँदै गएको समयमा सो समाचारले नेपालको मर्यादाक्रममा चौथों स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न वाध्य मात्रै वनाएनकि हाल उनीलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ ।

नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरु विरलै प्रकाशित भएका छन् । ईन्जा यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ । समाचार प्रकाशनसंगै सम्पादक शिवाकोटीको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भइरहेकोले ईन्जा उहाँको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह समेत गर्दछ ।

अन्तमा, विजयादशमी २०७६ का उपलक्षमा ईन्जा सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

धन्यवाद।

​​​ईन्जा मुख्यालय
वासिंङ्टन डिसी, अमेरिका

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...