News Portal

प्रदेशिको याद र दशैं

ओम पाण्डे
७७४ पटक

अनि जुन दिनको कल्पनासम्म पनि मैले गरेको थिईन तर बास्तबिकता भयो।सोचेको थिएँ, गाउँमा नै बसुँ या त आफ्नै देशमा। कुसंस्कृती र बिकृतिको बिरुद्व आवाज उठाउँ र लडौ, तर सकिन। बाध्यताको जंजिरमा बाँधिए।

जब मेरो पाईला घरबाट निस्कियो, एउटा लक्ष्य बोकेर बादल पारीको देशमा आफ्नो सुनौलो भबिस्य खोज्नलाई मन भरि चोटै चोट, गहभरी आँसु नै आँसु बोकेर नजिकिदै गरेको बडा दशैंलाई छोडेर जानु पर्दा भनेको एउटा दुख लाग्दो क्षण हुन्छ अनि आफ्ना आफ़्नतहरुको माया हुन्छ त्यो सब भुलेर परदेश लाग्दाको पिंडा धेरै दुख लाग्दो हुन्छ।

अनि म एक्कासी माथी पर्ने डांडाको मनोरम दृश्य तिर हेर्न पुग्छु आकाशमा बादल मडारिंदै आफ्नै गतिमा उडिरहेको हुन्छ अनि मेरो मन पनि एकोहोरो भई टोलाउन थाल्छ सबै आफन्तहरुको यादले सताउन थाल्छ अनि मन विरहले पोल्न थाल्छ सम्झाउन खोज्छु,सम्झिन्न।

क्षितिज पारीको यात्री झैँ बादलपारीको देशमा परदेशमा रमाउन हिडे झैँ लाग्छ तर एक मनले सोच्छ ” तँ कति निर्दयी र निस्ठुरी छस सारा परिवार र आफन्तहरु पर्खाइमा बसेका थिए मेरो प्यारो छोरा र श्रीमान आउछ भनेर तर फेरी तँ नजिकिदै गरेको दशैँलाई चटक्कै छोडेर बादल पारीको देशमा जादैछस ?” यस्तै कल्पनाहरु मनमा खेल्न थाल्छन।

यस्तै कुराहरुले मन पिरोल्छ मेरो गहभरी आँसु नै आँसुका ढिक्का हुन्छन। बाहिर रुन्चे हाँसो हासेर मन बुझाउछु म। आफ्ना प्यारा बाबा आमा, प्रियसी र मुटुकी ढुक्ढुकि सन्तान अनि आफन्तहरुलाई खुसि दिनुको सट्टा बादल पारीको देशमा रुमलिन पुगियो तर कस्तो बिडम्बना रहेछ मेरो ?

कोहि दशैं मान्न घर जान्छन त … मेरो परदेशको तयारी ! दिन दिन मेरो जाने दिन नजिकिदै आउछ। अनि म घरको आँगनको डिलमा उठेर नियाल्छु उकालीमा भारी बोकेर थाकेको यात्री झैँ देख्छु, अस्ताउन लागेको घामलाई पनि डुब्न लागेको तातो घामको राप अनि अस्ताई सकेको फुल झैँ तैरिन्दै लत्रेको जस्तो देखिन्छ।

मनलाई बलियो पारेर बसे पनि आफ़्नतको माया मेरो आँखा वरीपरि घुम्न थाल्छ केहि भने जस्तो आभाष गराउछ केहि दिनमा छोडेर बादल पारीको देशमा जादैछु नजिकिदै गरेको बडा दशैंको मुखमा भावनामा बहकिन थाल्छ मेरो मन घर वरी परिका दृश्यहरुलाई अवलोकन गर्न पुग्छु म… मन रोएर आउछ।

परिवारको सपना थियो होला दशैंको मुखमा आएको छोराले संगै बसेर दशैं मनाउछ होला भन्ने तर उहाहरुले सोचे जस्तो भएन मेरो जिबन उहाहरुको सपना पुरा गर्न सकिन मैले दशैंमा ! चारैतिर एक छिन नियाल्छु सबै बिरानो लागेर आउछ।

आफन्तहरुको माया ममताले लज्जित भएको थिए म। नजिकैको दशैंलाई छोडेर आउनु पर्दाको क्षण मेरो मन रोएको थियो। उनीहरुको बिछोडमा निरास बनेको थियो। मेरो मन म चाडै जादै छु भन्न पनि सकेको थिइन्। मैले मनले न मान्द न मान्दै पनि म परदेश हिँडे।

यसरी आफ्ना आफन्तहरुलाई छोडेर हिड्दाको पलमा दुखित तुल्याउछ मनमनै सोच्न बाध्य हुन्छु एकाग्र भएर उनीहरुका पिडाहरुलाई पनि सम्झिन्छु। आखिर के नै पो गर्न सक्छु र म उनीहरुको पिडामा हाँसेर गाला रेट्दै छु जस्तो लाग्छ। हुन त नेपालको स्थितिले गर्दा म जस्ता कयौं युवाहरु पर्देशिन बाध्य छन्।

बिदेशिएका मान्छे हरुलाई हेरेर पनि मैले मन बुझाउनु पर्ने अबस्था थियो तर ढलेको सिन्कोसम्म उठाउन नलगाई हुर्काएका आमा बा ले के बुझ्लान? चटक्कै छोडेर आउनु पर्यो। म हिड्दा जता ततै गाउँ गाउँमा दशैं र तिहारका मिठा मिठा गितहरु घंकिन्दै थिए कसै कसैका घरहरु लिप पोतको काम भैरहेको थियो — हो दशैँ आयो ,, हो दशैँ आयो” भन्ने खालका मिठा मिठा लय र भाकाका गितहरु घंकिन्दै थिए मेरो मन रुन्छ एक छिन, तर के गर्नु परदेश लाग्नु नै छ।

जब म हुन्न उनीहरुको साथमा अस्ताउन लागेको घामको प्रहर हेर्दै छाती पिटीपिटी रुन्छन होला। प्रियसीको आँखाभरी आँसुले भरिन्छ होला। प्यारी छोरी अब बाबा कहिले आउनुहुन्छ भन्दै अन्जान परेलीहरु भिज्छन होला, आमा बुबा घुक्कघुक्क रुँदै भकानिञ्छ्न होला।

यस्तै यादहरु संगालेर परदेशमा बिताउनु परेको छ परदेशीको दशैं हुदैन जस्तो लाग्छ मलाई। जहिले पनि कामको काम हुन्छ न आफन्तसंग मनाउने दशैं जब आफ्नो चांड नजिकिदै आउछ घरको यादले मुटु जलाउछ मन बिरहले पोल्छ अनि यादहरु डुबुल्की मार्दै छालहरु जस्तै फिजिन थाल्छन आफु जति मन रोए पनि परदेशीको दशैं बाहिर हासो दिएर भित्र रोएर बस्नुपरेको हुन्छ। आज पनि त्यही झल्को र यादले पिरोली रहेको छ।

अन्तमा : सबै आफन्तजन, मित्रहरु र देश,परदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई जे जस्तो भए पनि हर्ष उल्लासका साथ नेपालीहरुको महान चाड दशैँ मनाउनु होला।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...