News Portal

एनआरएनए मध्यपूर्व उपसंयोजकमा मास्केकाे उम्मेदवारी घोषणा

हिमाली संचार संवाददाता
८४३ पटक

कुवेत : कुवेतस्थित एनसीसी कुवेतका केही व्यक्तित्व एवम पत्रकारहरु माझ गैरआवासीय नेपाली संघको मध्यपूर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केले उम्मेदवारी दिएका छन् ।

२००९ मा एनआरएनए एनसीसी ओमानको स्थापनामा सचिव भएर यस अभियानको यात्रा थिए। यसलाई अझ तिखार्दै निखार्दे यहाँसम्म आइपुगेको ऊहाले जानकारी गराउनु भयाे ।

२०११–१३ मा महासचिव भएता पनि विभिन्न घरायसी कारणले केहि वर्ष निरन्तरता दिन सकिन तर पनि यस अभियानबाट टाढा भने कहिले रहन सकिन। विविध क्षेत्रमा सामाजिक अभियान र काममा सकृय हुनुहुन्छ।

यससंगै यस क्षेत्रको आवाज केन्द्र सम्म पुर्याउन र विविध क्षेत्रमा सुझाव दिंदै पुस गर्दै आएको छ । तर अब जिम्मेवारी पनि लिन पर्छ भन्ने भावनाले उहाले यस पदमा उम्मेदवारी दिनु भएको छ।

संगैका मित्र तथा अग्रजहरु, एनसीसी कुवैतको हौसला अनि मध्यपुर्वमा कार्यरत गैरआवसीय नेपालीहरुको सीप र पुँजीलाई उकतृत गर्दे यस अभियानमा अझ ससक्त रुपमा अघि बढन यहाँहरुको साथ र सहयोग रहने कुरामा म विश्वस्त छू। सुझाव मात्र दिएर कम काम हुन्छन् अब आफैले गर्ने बेला हो।

हामी जिम्मेवारी लिनबाट सधैं पछि सछौं अनि केहि भएन भन्छौं, अब जिम्मेवारी लिने र लिन सक्ने बनाउन पहल गर्ने साना तथा मझौला सामुहिक लगानीको योजना गर्दै सबै मध्यपूर्व समेट्न। श्रमिकहरु समेतलाई गैर आवसीय नेपाली संघमा समेट्ने वातावरण बनाउन। सवाङ्ग लास जान सक्ने मुद्या उठाउन, सामाजिक सुरक्षा सहितको वैदेशिक रोजगारीको मुद्यालाई अरु जोरदार रुपमा उठाई कार्यन्व्ययन तर्फ लैजाने पहल गर्न।

विशेष गरी खाडी मुलुकको कामदारहरुका लागि अन्तराष्ट्रिय विमान स्थलमा विशेष वातावरण बनाउन। श्रमिक मैत्री एनआरएनए बनाउन, पहल गर्न
खाडीका एनआरएनहरुलााई नेपाल गइसकेपछि पनि कुनै न कुनै रुपमा यस संघमा अवद्ध गराइराख्न पहल गर्न उहाँको प्रतिबद्धता छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...