News Portal

दशैको अवसरमा अलएनमा रक्तदान र साँस्कृतिक कार्यक्रम !

हिमाली संचार संवाददाता
७९९ पटक

५ अक्टोबर २०१९ अलऐन : युएईको अलऐन रहेका नेपालीहरुले रक्तदान रसाँस्कृतिक कार्यक्रम गरी दशै मनाएका छन्। सामाजिक सेवाको क्षेत्रमा विश्वभर फैलिएको संस्था एनआरएनए अन्तर्गत युएईको अलऐन क्षेत्रले यसपालिको दशै विविध सामाजिक र स्वास्थ्य चेतनामूलक कार्यक्रम गरी मनाएको हो। नेपाली सॉस्कृतिक चाडपर्वलाई समाजोपयोगी कामका साथमा मनाइएको एनआरएनए अलएनका अध्यक्ष उज्वल दाहालले बताएका छन्।

एनआरएनएले विगतमा पनि विविध अवसरमा उत्सव मनाउंदै आईरहेको सन्दर्भमा अलऐन क्षेत्रीय समन्वय परिषदले ०४-अक्टोबर-२०१९ को शुक्रबारका दिन नेपालीहरुको महान चाड विजया दशमी-२०७६ को पावन अवसरमा मेडियोर हस्पिटल,अलऐनमा भव्यताका साथमा मनाएको हो।

अल मेडियाेर हस्पिटलको समन्वयमा युएईका अलऐनवासी नेपालीहरुबीच आत्मियता बडाउदै, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै आपसमा शुभकामना आदानप्रदान गरी यसपालिको दशै मनाउदा रमाइलो अनुभुति भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले बताएका छन्।

एनआरएनए उपाध्यक्ष निराजन सिलवाल र केन्द्रिय सदस्य राजन अधिकारीलगायत करिब २ सय जना नेपालीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सफलताको लागि प्रवासी नेपाली मञ्च युएईका केंद्रीय सदस्य तथा अलऐन इंचार्ज लक्ष्मण अधिकारी, सचिव प्रेमराज सापकोटा, मितेरी समाज युएईका संरक्षक मोहन बुढाथोकि, वरिष्ठ उपाध्यक्ष दिब्या सुब्बा, इनासका केन्द्रीय सदस्य दुर्गा सुब्बा, अन्तर्राष्ट्रिय नेपाली समाज युएईका महासचिव विनोद श्रेष्ठ र सचिव अनुराग थपलिया साथै झापाली समाज युएई, अलऐन सचिव मानबहादुर बुढाथोकीको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरे भने ६८ जनाद्वारा स्वास्थ्य लाभ लिएको एनआरएनए आरसीसी अलऐनका स-सचिव तथा कार्यक्रम उपसंयोजक दुर्गा अधिकारीले जानकारी दिए। त्यहाँ आयोजित साँस्कृतिक कार्यक्रममा कलाकार पुजा रेग्मी, मनमाया विश्वकर्मा र शान्तिमाया तामाङले परम्परागत नेपाली नृत्यका साथमा जुम्बा नृत्य प्रस्तुत गरेका एनआरएनए, अलऐनकी महिला विभाग प्रमुख सरस्वती वास्तोलाले बताईन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...