News Portal

दशैको अवसरमा अलएनमा रक्तदान र साँस्कृतिक कार्यक्रम !

हिमाली संचार संवाददाता
६५५ पटक

५ अक्टोबर २०१९ अलऐन : युएईको अलऐन रहेका नेपालीहरुले रक्तदान रसाँस्कृतिक कार्यक्रम गरी दशै मनाएका छन्। सामाजिक सेवाको क्षेत्रमा विश्वभर फैलिएको संस्था एनआरएनए अन्तर्गत युएईको अलऐन क्षेत्रले यसपालिको दशै विविध सामाजिक र स्वास्थ्य चेतनामूलक कार्यक्रम गरी मनाएको हो। नेपाली सॉस्कृतिक चाडपर्वलाई समाजोपयोगी कामका साथमा मनाइएको एनआरएनए अलएनका अध्यक्ष उज्वल दाहालले बताएका छन्।

एनआरएनएले विगतमा पनि विविध अवसरमा उत्सव मनाउंदै आईरहेको सन्दर्भमा अलऐन क्षेत्रीय समन्वय परिषदले ०४-अक्टोबर-२०१९ को शुक्रबारका दिन नेपालीहरुको महान चाड विजया दशमी-२०७६ को पावन अवसरमा मेडियोर हस्पिटल,अलऐनमा भव्यताका साथमा मनाएको हो।

अल मेडियाेर हस्पिटलको समन्वयमा युएईका अलऐनवासी नेपालीहरुबीच आत्मियता बडाउदै, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै आपसमा शुभकामना आदानप्रदान गरी यसपालिको दशै मनाउदा रमाइलो अनुभुति भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले बताएका छन्।

एनआरएनए उपाध्यक्ष निराजन सिलवाल र केन्द्रिय सदस्य राजन अधिकारीलगायत करिब २ सय जना नेपालीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सफलताको लागि प्रवासी नेपाली मञ्च युएईका केंद्रीय सदस्य तथा अलऐन इंचार्ज लक्ष्मण अधिकारी, सचिव प्रेमराज सापकोटा, मितेरी समाज युएईका संरक्षक मोहन बुढाथोकि, वरिष्ठ उपाध्यक्ष दिब्या सुब्बा, इनासका केन्द्रीय सदस्य दुर्गा सुब्बा, अन्तर्राष्ट्रिय नेपाली समाज युएईका महासचिव विनोद श्रेष्ठ र सचिव अनुराग थपलिया साथै झापाली समाज युएई, अलऐन सचिव मानबहादुर बुढाथोकीको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरे भने ६८ जनाद्वारा स्वास्थ्य लाभ लिएको एनआरएनए आरसीसी अलऐनका स-सचिव तथा कार्यक्रम उपसंयोजक दुर्गा अधिकारीले जानकारी दिए। त्यहाँ आयोजित साँस्कृतिक कार्यक्रममा कलाकार पुजा रेग्मी, मनमाया विश्वकर्मा र शान्तिमाया तामाङले परम्परागत नेपाली नृत्यका साथमा जुम्बा नृत्य प्रस्तुत गरेका एनआरएनए, अलऐनकी महिला विभाग प्रमुख सरस्वती वास्तोलाले बताईन।

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...