News Portal

पत्रकार बर्मालाई मेयर यादवद्धारा कुटपिट

हिमाली संचार संवाददाता
९०९ पटक

कलैया १६ असोज : इंटरनेशनल प्रेस क्लब नेपाल चेप्टरका सदस्य तथा सिआईएन नेपाल डटकमका संचालक अनिल बर्मालाई महागढीमाई नग्पालिकाका मेयर उपेन्द्र यादवले कुटपिट गरेका छन्।

विहिबार पत्रकार बर्मा नगरपालिकामा रहेको सरकारी गाडीको प्रयोग तथा त्यसमा प्रयोग हुने ईन्धनका बारेमा अधुरो सूचना दिएकोमा बाकी रहेको सूचना माँग गर्न गएका बेला सूचना अधिकारी कृष्ण सिहले सूचना नदिई तपाईलाई मेयर साहेवले बोलाएको भनेपछि म मेयर यादवलाई भेटन जादा कोठामा पसेपछि मेयर साहव नम्सकार भनेको शब्द नसकिदै मेयर यादवले आफनै कार्यकक्षमा नाना थरीका गाली गलौज गरि हातपात गर्दै कुटपिट समेत गरेको पिडित बर्माले जानकारी दिए।

त्यति मात्र नभई मेयर यादवले नगर प्रहरीलाई लगाई समेत मलाई लछारपछार गरी कुटपिट गर्न लगाई समसुङ्ग १ थान, सादा मोवाईल १ थान, संस्थाको आडीकार्ड १ थान समेत खोसी लिएको बर्माको अरोप रहेको छ।

१५ दिन पहिला सो सूचना माँग गरेपछि गाडीको विवरण दिएको र तेलको प्रयोग के कति भएको हो भने सूचना नदिएको बर्माको गुनसा रहेको छ। कानुनी राज्यमा पनि सूचना पाउनु नागरिकको अधिकार हुदा हुदै मलाई यसरी कुटपिट गरि मेयर यादवले कानुन भन्दा माथि आफु रहेको प्रमाण दिएका हुन।

मलाई कुटपिट गरी मेरो ईज्जत र प्रतिष्ठन माथि नै खेलवाड गरेको हुदा मेयर यादव र नगर प्रहरीलाई हदै सम्मको कार्यवाही गर्न बर्माले माँग गरे। यसैविच पिडित पत्रकार बर्माले न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन्।

निवेदनको दर्ता नम्बर ९ सय ६७ रहेको छ। पत्रकारहरुले घटना निन्दनीय रहेको भन्दै दोषीमाथि कार्यवाही गर्न माँग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले घटनाबारे आफुले पनि छानविन गरि दोषी ठहरिए प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गरेका पिडित बार्मले भने।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...