News Portal

साढे २ वर्ष यताकै उच्च विन्दुमा अमेरिकी डलरको भाउ

हिमाली संचार संवाददाता
६६७ पटक

काठमाडौं : अमेरिकी डलरको भाउ साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। जपान सरकारले उपाभोक्ता करमा गरेको वृद्धि, तथा अस्ट्रेलियन केन्द्रीय बैंकले ब्याजदरमा कटौति गर्दा ति देशकको मुद्राको भाउ घटेको छ।

युरोपको मुद्राको भाउ यो वर्षकै न्यून विन्दुमा भरेको छ। बुधबार अमेरिकी डलरको भाउ बढेर साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। मुद्रा बजारमा आवद्ध प्रमुख मुद्राहरुको तुलनामा डलर सूचक यो साटा बढ्दो क्रममा छ।

मंगलबार यता डलरको भाउ बढेर २९ महिना यताकै उच्च विन्दुमा पुगेको हो। सन २०१७ मे महिना यताकै उच्च विन्दुमा डलरको भाउ पुगेको हो।

विश्वभर सार्वजनिक भएका अधिकांश आर्थिक तथ्याङ्कहरुले अमेरिकी अर्थतन्त्र अन्य मुलुकको भन्दा राम्रो रहेको देखाए पछि अमेरीकी डलरमा वृद्धि भएको हो।

युरोपको म्यानुफ्यक्चरिङ गतिविधिमा ७ वर्ष यताकै कमी देखिएपछि युरोको भाउ घटिरहेको छ। बुधबार डलरको तुलनामा युरो शुन्य दशमलव २ प्रतिशतले घटेको छ।

युरो यो वर्षकै न्यून विन्दुमा झरेको छ। त्यस्तै युरोपेली शेयर बजारमा पनि सुस्तता आउने आकलन विश्लेषकहरुले गरेका छन्।

जपान सरकारले उपभोक्ता करमा गरेको वृद्धि, अस्ट्रेलियाको केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौति लगायतले पनि ति मुलुकका मुद्राको भाउ घटेको बताइएको छ। त्यस्तै डलर बलियो बन्दै गएपछि अन्य ठुला मुलुकका मुद्रहरु पनि घटेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...