News Portal

महराको ‘फर्गेट यस्टर्डे’ मा के थियो पीडित महिलाको जवाफ ?

हिमाली संचार संवाददाता
१६८५ पटक

अजयबाबु शिवाकोटी
२०७६ असोज १५ काठमाडौं : संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको विषयमा महिलाले हाम्राकुरालाई दिएको भिडियो अन्तर्वार्ता दोस्रो भागमा दुई पक्षबीचको संवाद देखिएको छ।

अहिलेसम्म सार्वजनकि नभएको यो भिडियो सोमबार हाम्राकुराले सार्वजनिक गरेको भिडियोको दोस्रो भाग हो। जुन भिडियोमा महरा र महिलाबीचको संवाद देख्न सकिन्छ। अन्तर्वार्ताका क्रममा भाइबरमा भएको संवादलाई महिलाले हाम्राकुरालाई देखाएकी थिइन।

महिलाले महरासँगको संवाद मात्र देखाइनन उनले महराको छोरालाई उनका बाबुमाथि लगाएको आरोप सहितको मेसेज पनि देखाएकी थिइन। उनकै सहमतीमा उनीसँग रेकर्ड गरिएको भिडियोमा कुराकानी मात्र गरेकी छैनन उनले आफ्नो मोवाइलमा भएको संवादहरु पनि देखाएकी छिन्।

भिडियो अन्तर्वार्ताका क्रममा ति महिलाले आइतवार साँझ राजिनामा दिएका सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन।

जवर्जस्ती करणीको गम्भीर आरोप लागेका सभामुख महराले ति महिलालाई आइतवार राती दश बजेतिर ‘हाइ’ भनेका थिए।

त्यसको जवाफ नपाएका महराले विहान महिलालाई उठ्नुभयो भनेर फेरि मेसेज गरेका थिए। उनले अघिल्लो दिन भएको गल्तीको लागि माफि मागेका थिए। उनले हिजो अर्थात आइतवार रातीको घटना बिर्सिदिन भनेका थिए। महराले भाइबरमा लेखेका छन्, ‘फर्गेट यस्टर्डे। आइएम भेरी सरी’।

महराले पिडित महिलासँग कुरा गरिरहँदा उनकै नम्वरबाट पिडितलाई पटकपटक फोन गरि घटनालाई नउचाल्न दवाव दिएको भिडियो सोमवार नै हाम्राकुराले सार्वजनिक गरिसकेको छ।

उनले यो घटनालाई सामान्य घटना भएको उल्लेख गर्दै मिडियामा नलैजान पनि दवाव दिएका थिए। उनले भाइवर म्यासेजमा पनि सोहि प्रकृतिको सन्देश पठाएको पिडितले हामीलाई देखाएकी थिइन।

पहिलो भाग :

दोस्रो भाग :

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...