News Portal

दुबईमा बस दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

हिमाली संचार संवाददाता
५३४ पटक

यूएई १ अक्टोबर : यूएईको दुबईमा भएको मिनिबस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ।

ज्यान जाने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पाेखरेल, दीपक विक र नयराम साउद रहेकाे यूएईस्थित नेपाली दूतावासले जनाएको छ।

दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुकाे नेपालको ठेगाना भने खुलेकाे छैन। फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो।

ज्यान जानेमा १ पाकिस्तानी नागरिक र १ भारतीय नागरिक समेत रहेका छन्। दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र १ जना बंगलादेशी नागरिक छन्।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ।

दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको नेपाली दूतावास युएईका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...