News Portal

पहिलोपटक ‘मिस्टर एण्ड मिस’ सुर्खेत हुदै

हिमाली संचार संवाददाता
९०८ पटक

सुर्खेत ७ असोज २०७६ : सुर्खेतमा मिस सुर्खेतको तेस्रो सिरिज हुने भएको छ। मुन मिडियाको आयोजनामा यस अघि सम्पन्न भएका दुई सिजनलाई निरन्तरता दिदै यस पटक पनि मिस सुर्खेत आयोजना गरिएको छ। यसपटक भने मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर पुगेको हुनुपर्ने, कर्णाली प्रदेशको स्थानिय हुनुपर्ने, एसईई उतिर्ण भएको हुनुपर्ने लगाएतका प्रावधान रहेको आयोजकका सदस्य एवं कलाकार कमल विष्टले जानकारी दिए।

सुर्खेतको विरेन्द्रनगरमा आईतबार पत्रकार सम्मेलन गरि सहभागिताका लागि असोज ६ गतेदेखि आवेदन खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ।

आवेदन संकलनपछि प्रतियोगिको छनोट गरिनेछ। अडिसनबाट छनोट भएकाले २० दिनको तालिमपश्चात उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य बुद्धिसिंह ठकुरीले बताए।

मिस्टर र मिस सुर्खेत प्रतियोगिताको विजेताले ५० हजार नगदसहित क्राउन र विभिन्न उपहार प्राप्त गर्ने आयोजक संस्था मुन मिडियाका अध्यक्ष विजय केसीले बताए। अध्यक्ष केसीका अनुसार प्रथम, द्धितिय र तृतिय बाहेक थप ७ प्रतिस्पर्धी अन्य विभिन्न विधाका उपाधिले सम्मानीत तथा पुरस्कृत हुनेछन।

आयोजकका अनुसार फाईनल प्रतियोगितामा सहभागि हुनुअघि प्रतियोगिलाई कन्फिडेन्ट डेभलप, मोडलिङ्ग, कोरियोग्राफि, पब्लिक स्पीकिङ, फोटो तथा भिडियो सुट, मेकअप क्लास, आरजे/भिजे ट्रेनिङ्ग लगायतका इभेन्टहरुमा सहभागि गराइनेछ।

प्रतियोगिताले बाहिरी तथा भित्री सुन्दरतालाई बाहिर निकाल्न, आत्मविश्वास बढाउन र क्षमता विकास गर्न आफूहरूलाई सहयोग पुगेको प्रतियोगीताका पुर्व विजेताहरुको अनुभव छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...