News Portal

पहिलोपटक ‘मिस्टर एण्ड मिस’ सुर्खेत हुदै

हिमाली संचार संवाददाता
८४६ पटक

सुर्खेत ७ असोज २०७६ : सुर्खेतमा मिस सुर्खेतको तेस्रो सिरिज हुने भएको छ। मुन मिडियाको आयोजनामा यस अघि सम्पन्न भएका दुई सिजनलाई निरन्तरता दिदै यस पटक पनि मिस सुर्खेत आयोजना गरिएको छ। यसपटक भने मिस सुर्खेतलाई परिष्कृत गर्दै ‘मिस्टर एण्ड मिस’ सुर्खेत प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा सहभागी हुन १६ देखि २६ वर्ष उम्मेर पुगेको हुनुपर्ने, कर्णाली प्रदेशको स्थानिय हुनुपर्ने, एसईई उतिर्ण भएको हुनुपर्ने लगाएतका प्रावधान रहेको आयोजकका सदस्य एवं कलाकार कमल विष्टले जानकारी दिए।

सुर्खेतको विरेन्द्रनगरमा आईतबार पत्रकार सम्मेलन गरि सहभागिताका लागि असोज ६ गतेदेखि आवेदन खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ।

आवेदन संकलनपछि प्रतियोगिको छनोट गरिनेछ। अडिसनबाट छनोट भएकाले २० दिनको तालिमपश्चात उपाधीका लागि अन्तिम प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य बुद्धिसिंह ठकुरीले बताए।

मिस्टर र मिस सुर्खेत प्रतियोगिताको विजेताले ५० हजार नगदसहित क्राउन र विभिन्न उपहार प्राप्त गर्ने आयोजक संस्था मुन मिडियाका अध्यक्ष विजय केसीले बताए। अध्यक्ष केसीका अनुसार प्रथम, द्धितिय र तृतिय बाहेक थप ७ प्रतिस्पर्धी अन्य विभिन्न विधाका उपाधिले सम्मानीत तथा पुरस्कृत हुनेछन।

आयोजकका अनुसार फाईनल प्रतियोगितामा सहभागि हुनुअघि प्रतियोगिलाई कन्फिडेन्ट डेभलप, मोडलिङ्ग, कोरियोग्राफि, पब्लिक स्पीकिङ, फोटो तथा भिडियो सुट, मेकअप क्लास, आरजे/भिजे ट्रेनिङ्ग लगायतका इभेन्टहरुमा सहभागि गराइनेछ।

प्रतियोगिताले बाहिरी तथा भित्री सुन्दरतालाई बाहिर निकाल्न, आत्मविश्वास बढाउन र क्षमता विकास गर्न आफूहरूलाई सहयोग पुगेको प्रतियोगीताका पुर्व विजेताहरुको अनुभव छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...