News Portal

अखबारमा राखेका खानेकुरा खाँदा क्यान्सरको जोखिम

हिमाली संचार संवाददाता
५८२ पटक

काठमाडौँ — के गाउँ के सहर प्राय: ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन् । अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्छन् ।

तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ ।

तर एउटा कुन कुरा हामीले कहिल्यै भुल्नु हुन्नु भने, अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण मानिन्छ । यो अभ्यासलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था गरिएको नपाइए पनि भारतमा त्यहाँको सरकार यसप्रति निकै गम्भीर भएको छ ।

‘भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (ईएफएसएसएआई)’ ले हालै एडभाइजरी जारी गर्दै अखबारमा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका लागि खतरनाक बताउँदै भारतीय नागरिकलाई यसप्रति सचेत गराएको छ ।

अखबारलाई थालका रूपमा उपयोग गर्दा क्यान्सर लगायत हुने खतरा बढछ । पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, मृगौलाको रोग हुने जोखिममा समेत वृद्घि हुन्छ । यस्ता खानेकुराले बालबालिका र बूढापाका बढी प्रभावित हुन्छन्, किनकि उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ ।

अखबारमा समाचार वा फोटो छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा डाई, पिग्मेन्टस, अल्कोहल, आइसोब्युटाल फटालेट, प्रिजरभेटिभ, ग्रेफाइट, डाइएन आइसोब्युटाइलेट जस्ता रसायन हुन्छन् । यी सबै रसायन निकै खतरनाक हुन्छन् । यिनको थोरै अंशले पनि तपाईंहाम्रो शरीरमा क्यान्सरजस्तो घातक रोग उत्पन्न गर्न सक्छ ।

अखबारमा राखिएका खाद्यपदार्थ सेवन गर्दा पाचन प्रणाली पनि प्रभावित हुन्छ । अखबारको मसीमा हुने रसायनले गर्दा हाम्रो पाचन प्रणालीमा प्रतिकूल असर पर्छ ।

अर्को कुरा, अखबारमा उपयोग गरिने मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । यसले गर्दा फोक्सो र मूत्राशयको क्यान्सर हुने जोखिम बढ्छ ।

अखबारको मसीमा भएका हानिकारक रसायनहरूले हाम्रो हार्मोनलाई समेत प्रभावित गर्छन् । अनि शरीरको हार्मोन असन्तुलित हुँदा थुप्रै रोगले आक्रमण गर्नेखतरा भइरहन्छ ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...