News Portal

प्रधानमन्त्री र चिनियाँ प्रमण्डलबीच भेट

हिमाली संचार संवाददाता
६८४ पटक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ।

भेटका अवसरमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गरे । नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा यहाँ आएको सो टोलीले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने जनाएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण सफल हुनेमा आश्वस्त रहन आग्रह गर्दै आपसी सम्बन्धलाई अझ गाढा बनाउन नेपालको तर्फबाट पनि पहल गरिने व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...