News Portal

मनाङको स्याउ विदेशसम्म पुर्‍याइने

हिमाली संचार संवाददाता
५७२ पटक

३० भदाै,२०७६ मनाङ : स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ।

नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ। सेप्टेम्बर महिनाको शुरुदेखि स्याउ टिप्न थाल्ने भएपनि अहिले अलि ढिलो भएको हो।

स्याउको रङ र स्वाद परीक्षण गरेर मात्र स्याउ टिप्न थालिने मनाङ एग्रोका अध्यक्ष समराज गुरुङले बताउनुभयो। अध्यक्ष गुरुङका अनुसार कम्पनीले स्याउको चाना, केक, जुसलगायत धेरै परिकार बनाउँदै आएको छ।

अब कम्पनीले स्याउको वाइन बनाउने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो। मनाङ एग्रोले ७३५ रोपनी क्षेत्रफल ओगटे पनि ४५० रोपनीमा स्याउ उत्पादन गर्दै आएको छ।

कम्पनीले गत वर्ष ३५० टन स्याउ उत्पादन गरेको थियो। अहिले ४५० टन उत्पादन हुने अध्यक्ष गुरुङले बताउनुभयो। उहाँका अनुसार अब मनाङको स्याउ नेपालमा मात्र नभई विदेशमा पनि आपूर्ति हुनेछ।

यहाँ सर्र्वियाबाट तीन जातका स्याउका बिरुवा ल्याई व्यावसायिकरूपमा स्याउखेती गर्दै आएको कम्पनीले वर्षेनी करोडौँ आम्दानी गर्न थालेको छ। समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको फार्ममा गाला, फुजी र गोल्डेन गरी तीन जातका स्याउ रहेका छन्।

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको स्याउ फार्ममा अहिले ५० स्थानीय कामदार रहेका छन्। दैनिकरूपमा यी कामदारले स्याउको हेरचाह, कटिङ र स्याउ टिप्ने जस्ता काम गर्दै आएको कामदार पञ्च गुरुङले बताउनुभयो।

कम्पनीले स्याउको उत्पादनसँगै स्याउको परिकार निर्माण पनि गर्दै आएको छ। यहाँ स्याउ भण्डारण र प्याकिङ सबै मेसिनबाट गरिँदै आएको छ।

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कम्पनीले हाल नेपालका प्रमुख बजारमा आफ्नो उत्पादन पुर्‍याउन सफल भएको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...